सिन्धुली– सिन्धुलीमा सर्पको टोकाइबाट ४२ जना घाइते भएका छन् । तीन महिनाको अवधिमा विषालु सर्पको टोकाइबाट जिल्लामा ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यस्तै, बैशाख देखि असार महिनासम्म सर्पको टोकाइबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनैजनालाई दुधौली नगरपालिकामा सर्पले डसेको थियो । सिन्धुली प्रहरीको तथ्यांक अनुसार गत जेठमा एक महिला र दुइ बालकको सर्पको टोकाइबाट मृत्यु भएको थियो भने चार पुरुष घाईते भएका थिए ।
त्यसैगरि, असारमा ११ जना महिला, १७ पुरुष, ५ जना बालक र दुईजना बालिका सर्पको टोकाइबाट घाइते भएका थिए । श्रावण महिनाको ३ गतेसम्म सर्पदंशबाट एक महिला र २ बालिक घाइते भएका छन् ।