सिन्धुली– सिन्धुलीमा बेवारिसे अवस्थामा दुईवटा मोटरसाइकल प्रहरीले फेला पारेको छ । आइतबार प्रहरी चौकी ढुंग्रेबासबाट खटिएको प्रहरी गस्तिको टोलीले बेवारिसे अवस्थामा दुईवटा मोटरसाइकल फेला पारेको हो ।
कमलामाई नगरपालिका वडा नं. ४ हिरापानीस्थित साथि होटल जाने शाखा सडकमा बागमती प्रदेशको ०२–०३३ प २६५९ नम्बरको कालो २०० सि.सिको पल्सर एन एस् मोटरसाइकल र प्रदेश २–०२–००४ प १२९१ नम्बरको २०० सिसिको रातो एनएस मोटरसाइकल बेवारिसे अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक चिरन्जिवी दाहालले बताउनुभयो ।
उहाँका अनुसार सो बेवारिसे मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइ अनुसन्धान पछि प्रदेश ०२–०३३ प २६५९ नम्बरको कालो २०० सि.सिको मोटसाइकल सम्बन्धी धनीलाई बुझाइएको छ ।
उक्त मोटसाइकल धनि ईलाम पञ्चकन्या नगरपालिका वडा नं. ६ घर भई हाल बालकुमारी काठमाडौ बस्ने ३० वर्षिय पुजन राईको खुलेको थियो । यस्तै, प्रदेश २–०२–००४ प १२९१ नम्बरको मोटरसाइकल धनिको पहिचान भने नखुलेकोले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखि अनुशन्धान भइरहेको डिएसपि दाहालले जानकारी दिनुभयो ।