सिन्धुली – विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमानमा रातको समयमा सार्वजनिक यातायात खुला गरिएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिन्धुलीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले सिन्धुलीमाढीस्थित बसपार्कसम्म सार्वजनिक यातायातलाई खुल्ला गरेको संघका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो । यसअघि सात बजेपछि विपी राजमार्गको भिमान सडकखण्डबाट सार्वजनिक यातायात छिर्न रोक लगाइएको थियो ।
विपी राजमार्गमा रात्रिकालीन समयमा सिन्धुलीको भिमान चेक पोष्ट र काभ्रेपलान्चोक जिल्लाको काभ्रेभञ्ज्याङबाट साँझ ६ बजे देखि विहान ५ बजेसम्मकका लागि सवारी साधनलाई रोक लगाइएको थियो । आइतबार देखि भिमान चेक पोष्टबाट नभई कमलामाई नगरपालिका ६ स्थित बसपार्कबाट उक्त नियम लागु हुनेछ ।
संघका अध्यक्ष श्रेष्ठले सिन्धुली वसपार्कमा पार्किङ्ग गरी भोलिपल्ट कमलामाई नगरपालिका ७ स्थित शिवनगरमा रहेको ट्राफिक चोकबाट टाईम कार्ड लिएर सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।