बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

खोलामा डुवेर सिन्धुलीमा बालकको मृत्यु

शनिवार , आषाढ ३०, २०८०

सिन्धुली – दुधौली नगरपालिका–२ का एक बालकको शनिवार खोलामा डुबेर मृत्यू भएको छ । डुबेर मृत्यू हुनेमा दुधौली नगरपालिका–२ भलुवाई बस्ने वर्ष ८ का आयुष कुमार रहेको प्रहरीले जनाएको छ ।

शनिवार दिउसो ३ः३० बजेको समयमा घरको मानिस खेतमा गएको अवस्थामा घरबाट अन्दाजी १.५ कि.मि. दक्षिण कमलाखोलामा डुबेको अवस्थामा स्थानिय गाई चराउन गएको मानिसले देखि खोलाबाट निकाली आफन्तले उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगेकोमा शनिवार दिउसो ४ः१५मा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । लाश हस्पिटलमा रहेको र घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रतिक्रिया