सिन्धुली – सिन्धुलीमा बस दुर्घटना भएको छ । शुक्रबार अन्दाजी विहान साढे आठ बजेको समयमा फिक्कल गाउँपालिका ५ थुल्मोघाट नजिक मध्यपहाडि लोकमार्गमा बस दुर्घटना भएको हो ।
बसमा सवार सुनकोशी गाउँपालिका ४ का बिनोद बि.क.को १० महिना छोरा निर्लज बि.क.को निधारमा चोट लागेको छ । बालकको उपचारका लागी घुर्मी तर्फ पठाईएको प्रहरीले जनाएको छ । बसमा सवार अन्यलाई केहि नभएको प्रहरीले जानकारी दिएको छ ।
ओखलढुङ्गाबाट काठमाडौँ तर्फ आउदै गरेकोे बा ३ ख २५४३ नं.को बस यात्रु चढाउनको लागी रोकी राखेको अबस्थामा चालक बाहिर निस्किएको समयमा बसमा १९ जना सवार बस पछाडी गुडि सडकको दाहिने तर्फ अन्दाजी १० मिटर तल खसि रुखमा अड्की दुर्घटना भएको हो । बस चालक दोलखा बैतेश्वर गाउँपालिका ६ का ४० वर्षिय नबराज दाहाल रहेको प्रहरीले जनाएको छ ।