बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुली अस्पताल तोडफोड गर्नेको खोजी हुदै

बिहिवार , आषाढ २८, २०८०

सिन्धुली – सिन्धुली अस्पताल तोडफोड गर्ने २६ जना विरुद्ध मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाप्रबक्ता प्रहरी नायब उपरीक्षक चिरंजीवि दाहालका अनुसार सार्वजनिक सम्पत्ती तोडफोडको अभियोगमा २६ जना विरुद्ध मुद्धा दर्ता भएको हो ।

सिन्धुली अस्पतालमा गर्भवती महिलाको मृत्यु भएको भन्दै स्थानियले आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा अस्पताल तोडफोड समेत भएको थियो ।

सिन्धुली अस्पतालको आकस्मिक कक्ष, बहिरंग तथा अन्य भवनहरुमा समेत तोडफोड गर्दै बिरामी, चिकित्सक, नर्स लगायतका कर्मचारीहरुलाई आतंकति पार्दै काम अवरोध गरेको, विपी राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरु माथि तोडफोड गरि क्षति पुर्‍याएको, डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई घाईते बनाएको, प्रहरीको सवारी साधन तोडफोड गरेको, जिल्ला प्रशासन कार्याल परिसरको पर्खालमा रहेको फलामे घेराबार तोडफोड, चिकित्सक, राष्ट्रसेवक कर्मचारीहरुलाई अपमान तथा आक्रमण गर्ने २६ जना विरुद्ध मुद्धा दर्ता भएको प्रनाउ दाहालले बताउनुभयो ।

मुद्धा दर्ता भएका मध्ये ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जना ६० हजार धरौटीमा छुटेका छन् । बाँकी २१ जनाको खोजी कार्य भइरहेको छ । २१ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरि सकेको उहाँ बताउनुुहुन्छ । “२१ जनाको खोजी भइरहेको छ । सबै फरार छन् ,” उहाँले भन्नुभयो । सार्वजनिक सम्पती तोड्फोड गर्नेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना हुने उहाँले जानकारी दिनुभयो ।

गत जेठ ९ गते कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामेकी २६ वर्षिय गंगा कुमारी गुरुङ श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारकालागि भर्ना भएपछि चिकित्सकले गलत औषधि दिएका कारण मृत्यु भएको भन्दै आफन्त र स्थानियले विरोध गरेका थिए । प्रहरीले सिसिटिभि लगायत सामाजिक संजालमा आएको भिडियोहरु हेर्दै अराजक गतिविधि गर्नेलाई पहिचान गरि पक्राउ गरिरहेको श्रोतले बतायो ।

प्रतिक्रिया