बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

कमलामाईको बित्तिय प्रगति ८१.२८ प्रतिशत

बुधवार , आषाढ २७, २०८०

सिन्धुली– जिल्लाको कमलामाई नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बित्तिय प्रगति ८१.२८ प्रतिशत रहेको छ । नगरपालिका कार्यालयको चालु तर्फको खर्च ९०.५ प्रतिशत अर्थात ८० करोड ५२ लाख २ हजार ७ सय २३ रुपैया रहेको छ भने पुँजीगत तर्फ ७६.६२ प्रतिशत अर्थात ३७ करोड ५९ लाख ५ सय ६९ रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

नगरपालिकाको कुल १ अर्ब ४५ करोड ३० लाख २८ हजार मध्ये ८१.२८ प्रतिशत अर्थात १ अर्ब १८ करोड ११ लाख ३ हजार ३ सय ९२ रुपैयाँ रकम खर्च भएको कमलामाई नगरपालिकाका लेखा अधिकृत टेकेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया