सिन्धुली– घ्याङलेख गाउँपालिका कार्यालयले कृषिमा आधुनिकीकरण गर्नका लागी कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ ।
सोमबार एक समारोह बीच गाउँपालिका कार्यालयले वडा नं.३ को लघु उद्यम कृषि संस्था र मिलिजुली समुहका कृषकहरुलाई सामुहिक प्रयोगको लागी गाउँपालिकाको ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको हो ।
तिन वटा हाते ट्याक्टर प्राप्त गरेपछि कृषकहरुले खुसी हुँदै कृषिमा आधुनिकीकरण गर्न गाउँपालिकाको सहयोग सकारात्मक रहेको बताएका छन । एक कृषकले भन्नुभयो, “हामी अब आधुनिक प्रविधि तर्फ जानुपर्छ त्यसमा राज्यको सहयोग अनिवार्य छ ।” कार्यालयको सहयोगले आफुहरु उत्साहित भएको उहाँले बताउनुभयो ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा कृषकहरुलाई प्रविधी मैत्री बनाउन गाउँपालिका कार्यालयले विभिन्न् उपकरणहरु प्रदान गर्दै आईरहेको छ भने आयआर्जनसँग जोड्नका लागी विभिन्न् सिप तथा प्रविधि हस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने प्रयास गरिरहेको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनुभयो ।