सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार अबैध माछा बरामद गरि नष्ट गरेको छ । बीपी राजमार्ग स्थित भिमान चेकपोष्टमा चेकजाचको क्रममा मधेस प्रदेश०३–००१च ६३३६ नम्बरको पिकअप गाडी १ हजार ५ सय ९५ केजी र बा १७ च ३३७० नम्बरको बोलेरो पिकअपबाट २ ड्रम जिउँदो सहित ४ सय ५० केजी सहित कुल २ हजार ४५ केजी माछा अबैध रुपमा विक्रि बितरणका लागी ल्याउँदै गरेको माछा नष्ट गरेको हो ।
चेकजाँचको क्रममा छाप नभएको अनलाईन बिल र भेटेनरीको प्रमाण पत्रमा छाप नभएको साथै बिल बमोजिमको सामान समेत नभएकोले उक्त माछा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बरामद गरिएको माछा वडाका जनप्रतिनिधी तथा स्थानीयहरुको रोहबरमा नष्ट गरिएको र उक्त ब्यापारिहरुलाई कानुन अनुसार कार्वाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।
