सिन्धुली – २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षामा जिल्लाको भगवती अंग्रेजी माध्यमिक विद्यालयले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । उक्त विद्यालयका रोसन सुवेदीले ४ जिपिए ल्याएर जिल्लाकै सर्बोत्कृष्ट बन्नु भएको छ । यस्तै विद्यालयका ६९ जना विद्यार्थी एसइईमा सहभागी भएकामा ४६ जनाले ए प्लस, २१ जनाले ए र २ जनाले वि प्लस ल्याएर उतिर्ण भएका हुन । यो जिल्लाका सामुदायिक र निजि विद्यालय मध्येको उत्कृष्ट नतिजा हो । जिल्लामा एसइई परीक्षा २०७९ मा ५ हजार २ सय २१ जना विद्यार्थी सहभागी थिए । विद्यालयबाट सर्बोत्कृष्ट नतिजा सहित सफल विद्यार्थीहरूलाई भगवती माविले वधाइ तथा शुभकामना समेत दिएको छ। भगवती मावि जिल्लाकै उत्कृष्ट निजी स्तरको विद्यालय हो ।
परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेक नतिजा अनुसार सिन्धुलीका २ सय ९६ विद्यार्थीले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन् । साधारण तर्फका २ सय ८४ र प्राविधिक तर्फका १२ जना विद्यार्थीले उच्च नतिजा ल्याएका हुन । नतिजामा परीक्षाफललाई विभिन्न ९ वटा वर्गमा विभाजन गरिएको छ ।
सिन्धुलीबाट १ सय २६ वटा सामुदायीक विद्यालय र २३ वटा निजी विद्यालय गरी कुल १ सय ४९ वटा विद्यालयका ५ हजार १ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी रहेका थिए ।
शिक्षा विकास तथा समन्यव इकाई सिन्धुलीका अनुसार ३.२ भन्दा माथि ३.६ सम्म ४ सय ४८ जना, २.८ भन्दा माथि ३.२ सम्म ७ सय ८१ जना, २.४ भन्दा माथि २.८ सम्म १ हजार ३ सय ३६ जना विद्यार्थी उर्तिण भएका छन ।
त्यस्तै २ भन्दा माथि २.४ सम्म १ हजार ४ सय ३२ जना, १.६ देखी २ सम्म ६ सय ६२ जना, १.२ भन्दा माथि १.६ सम्म १ सय ५७ जना र ०.८ भन्दा माथि १.६ सम्म ९ जना विद्यार्थी उत्तिर्ण भएको शिक्षा बिकास तथा समन्यव इकाई सिन्धुलीले जनाएको छ ।
एसइईमा नियमित तर्फ ४ हजार ९ सय ४६ जना, नियमित प्राविधिक तर्फबाट १ सय ७५ र ग्रेडबृद्धि तर्फबाट ४१ जना परीक्षार्थी सहभागी रहेका थिए ।
कमलामाई नगरपालिकाबाट १ हजार ३ सय २५ जना, दुधौली नगरपालिकाबाट एक हजार १ सय २ जना जना, मरिण गाउँपालिकाको ३ सय ९० जना, घ्याङलेख गाउँपालिकाबाट २ सय ३२ जना, गोलन्जोर गाउँपालिकाबाट ३ सय ५१ जना, फिक्कल गाउँपालिकाबाट ३ सय ३६ जना, हरिहरपुरगढि गाउँपालिकाबाट ३ सय ९ जना, तिनपाटन गाउँपालिकाबाट ६ सय ७७ जना, सुनकोशी गाउँपालिकाबाट ३ सय ८२ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।
