बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा २ सय ९६ विद्यार्थीको ३.६ भन्दा माथि

शुक्रवार , आषाढ २२, २०८०

सिन्धुली – शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेक नतिजा अनुसार सिन्धुलीका २ सय ९६ विद्यार्थीले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन् । साधारण तर्फका २ सय ८४ र प्राविधिक तर्फका १२ जना विद्यार्थीले उच्च नतिजा ल्याएका हुन । नतिजामा परीक्षाफललाई विभिन्न ९ वटा वर्गमा विभाजन गरिएको छ ।

सिन्धुलीबाट १ सय २६ वटा सामुदायीक विद्यालय र २३ वटा निजी विद्यालय गरी कुल १ सय ४९ वटा विद्यालयका ५ हजार १ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी रहेका थिए ।

शिक्षा विकास तथा समन्यव इकाई सिन्धुलीका अनुसार ३.२ भन्दा माथि ३.६ सम्म ४ सय ४८ जना, २.८ भन्दा माथि ३.२ सम्म ७ सय ८१ जना, २.४ भन्दा माथि २.८ सम्म १ हजार ३ सय ३६ जना विद्यार्थी उर्तिण भएका छन ।

त्यस्तै २ भन्दा माथि २.४ सम्म १ हजार ४ सय ३२ जना, १.६ देखी २ सम्म ६ सय ६२ जना, १.२ भन्दा माथि १.६ सम्म १ सय ५७ जना र ०.८ भन्दा माथि १.६ सम्म ९ जना विद्यार्थी उत्तिर्ण भएको शिक्षा बिकास तथा समन्यव इकाई सिन्धुलीले जनाएको छ ।

एसइईमा नियमित तर्फ ४ हजार ९ सय ४६ जना, नियमित प्राविधिक तर्फबाट १ सय ७५ र ग्रेडबृद्धि तर्फबाट ४१ जना परीक्षार्थी सहभागी रहेका थिए ।

कमलामाई नगरपालिकाबाट १ हजार ३ सय २५ जना, दुधौली नगरपालिकाबाट एक हजार १ सय २ जना जना, मरिण गाउँपालिकाको ३ सय ९० जना, घ्याङलेख गाउँपालिकाबाट २ सय ३२ जना, गोलन्जोर गाउँपालिकाबाट ३ सय ५१ जना, फिक्कल गाउँपालिकाबाट ३ सय ३६ जना, हरिहरपुरगढि गाउँपालिकाबाट ३ सय ९ जना, तिनपाटन गाउँपालिकाबाट ६ सय ७७ जना, सुनकोशी गाउँपालिकाबाट ३ सय ८२ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।

प्रतिक्रिया