बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

तीनपाटन गाउँपालिकाको गाउँ सभा अधिवेशन सम्पन्न

बिहिवार , आषाढ २१, २०८०

सिन्धुली, – सिन्धुलीको तीनपाटन गाउँपालिकाको १२ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ । असार १० गते शुरु भएको १२ औं गाउँ सभाको पहिलो बैठकमा छलफलका लागि पेश भएको आर्थिक बर्ष २०८०/०८१ को निति कार्यक्रम, बजेट, र विनियोजन विधेयक पारीत गर्दै अधिवेशन बुधवार सम्पन्न भएको हो ।

अधिवेशनको बुधवार बसेको दोस्रो बैठक मार्फत तीनपाटन गाउँपालिकाको आर्थिक विधेयक, २०८०, नागरिक उपचार सहायता कोष परिचालन विधेयक, २०८०, तीनपाटन गाउँपालिकाको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० सर्वसम्मत रुपमा पारित भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संगै प्रस्ताव गरिएको ७९ करोड ९० लाख २३ हजार बराबरको बजेट समेत सर्वसम्मत रुपमा पारीत भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० को सर्वोत्कृष्ट कर्मचारीको रुपमा योजना तथा अनुगमन शाखाका कर्मचारी सहायक पाँचौं सुरेश कुमार बराललाई एक महिना र पशु सेवा शाखाका रामबहादुर बस्नेतलाई र आधा महिना बराबरको तलब रकमले पुरस्कृत गर्ने सर्वसम्मत निर्णय भएको छ ।

जनाताको हित, शुसासन, समृद्धि ल्याउन, नागरिकको घरघरमा सेवा पु र्‍ याउन, बेरुजुलाई सुन्यमा पुर्‍याउन नागरिक र जनप्रतिनिधी एकजुट भएर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगरले बताउनुभयो । त्यस्तै गाउँसभामा न्यायिक समिति, अनुगमन समितिको वार्षिक प्रतिवेदन लगायत अन्य प्रशासनिक विषयमा समेत महत्वपूर्ण निर्णयहरु गरिएको छ ।

प्रतिक्रिया