सिन्धुली,– कमलामाई नगरपालिका ९ भिमानका महिलाहरुलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पोषण सुधारका लागि बिपन्न महिला सहकारीलाई आयआर्जन कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिकाले पारीजात महिला बिकास कृषि सहकारी संस्था लिमिटेड महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।
कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
महिलाहरुलाई आय आर्जन संग जोड्दै आय आर्जन भएमात्रै पोषण युक्त राखेकुरा खान तथा आफ्ना बालबालिकालाई खुवाउन सकिने उहाँको भनाई छ । नगरपालिकाले नागरिकलाई उत्पादन तथा आयआर्जनमा जोडनको लागि बिभिन्न कार्यक्रम ल्याएको र उत्पादिन सामाग्रीलाई बजारिकीकरण गर्नको लागि समेत पहल गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मन्जु देवकोटाले नगरपालिकाले नागरिकको आयआर्जन संगै आगामी आर्थिक बर्षको लागि लक्षित बर्गलाई बिशेष प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको अनुदानको सदुपयोग गर्न आग्रह गर्दै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन बिभिन्न महत्पुर्ण काम गरेको उहाँको भनाई छ ।
उहाँले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य विमा संगै दिर्घ रोगीहरुको लागि उपचार खर्च, सुत्केरी महिलाहरुलाई यातायात शुल्क लगायत आयआर्जनमा कृषि पशुको क्षेत्रमा बिभिन्न काम गर्दै आएको बताउनुभयो ।
पोषणलाई सुधारका लागि गर्ववती र सुत्केरी महिलाहरुलाई लक्षित गरि पारीजात महिला बिकास कृषि सहकारी संस्था लिमिटेडका २५ जना सदस्यहरुलाई बाख्रा वितरण गरिएको कमलामाई नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख सत्यदेवि अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सूर्य प्रसाद दाहाल, सामाजिक बिकास शाखा प्रमुख सत्यदेवि अधिकारी, पशु शाखा प्रमुख डाक्टर रोशन कोइराला लगायतको उपस्थिती रहेको थियो ।