बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

आयुर्वेद सेवा प्रवद्र्वन गर्न अन्तरक्रिया

बुधवार , आषाढ २०, २०८०

सिन्धुली, – सिन्धुलीमा आयुर्वेद सेवाको प्रवद्र्वन गर्न स्थानीय तहका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख अर्जुन उपाध्यायले आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालित सेवाहरु, सेवा विस्तारको स्थिति, सञ्चालन गरिएको कार्यक्रम, सेवा विस्तारका समस्या तथा समाधान उपायहरु लगायतका विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आयुर्वेद औषधीको महत्व र फाईदाबारे जिल्लाका कुना कुनामा रहेका आमा बुबा, दिदीबहिनी सामु पुर्‍याउँनका लागी आआफ्नो ठाउँबाट सकेको पहल गरिदिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

यस केन्द्रबाट हाल बहिरगं, भिडियो एक्सरे (अल्ट्रसाउन्ड), फिजियोथेरापी, अकुपन्चर सेवा, अग्नि कर्म सेवा, क्षारसुत्र सेवा, निःशुल्क औषधी, पुर्वकर्म, पंचकर्म, जेष्ठ नागरीक सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक औषधी वितरण, मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम, जीवनशैली परामर्श तथा स्वस्थ जीवन कार्यक्रम, जानुसंधिगत वात पुनस्र्थापना कार्यक्रम, निःशुल्क योग परामर्श लगायतको सेवा प्रदान गरिदै आईएको छ । कार्यक्रममा पत्रकारहरु, आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया