बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

जिल्ला निर्वाचन कार्यलय, सिन्धुलीमा मतदाता नामावली दर्ता संकलन कार्य भईरहेको सूचना

बुधवार , आषाढ २०, २०८०

फोटो सहितको मतदाता परिचयपत्र भोट हाल्न मात्र प्रयोग गरिने कार्डमात्र नभई नागरिकता, ड्राइभिङ लाइसेन्स तथा राष्ट्रिय परिचयपत्र जस्तै नागरिकको बायोमेट्रिक सहितको परिचय खुल्ने कागजात हो ।

जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता परिचयपत्र नयाँ दर्ता र त्रुटी सच्याउने ठाउँ सारी गर्ने र नाम हटाउने समेतका काम निरन्तर दैनिक वर्षैभरी गर्ने काम हो र गर्दै आएको छ । तर आम जनमानसमा निर्वाचनको केही महिना अघि वा बेलाबेलामा मात्र यी कार्य हुन्छ भन्ने बुझाइ छ । चुनाव अघि अन्तिम समयमा मतदाता परिचयपत्रका लागि वर्षेनी भीड लाग्ने गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीबाट फोटो सहितको नयाँ मतदाता परिचय पत्रको प्रि रजिष्ट्रेशन र पुरानो मतदाता परिचयपत्रमा भएका त्रुटी सच्याउँने, मतदान केन्द्र परिवर्तन वा ठाँउ सारी गर्ने, नागरिकता त्याग गरेका वा मृत्युभएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने र मतदाता परिचयपत्र हराएकोमा प्रमाणित प्रतिलिपी उपलब्ध गराउने समेतका काम निरन्तर हुदै आएको छ । जिल्ला बाहिरका सेवाग्राहीका लागि पनि Out of District Registration (ODR) मार्फत नयाँ मतदाता परिचय पत्रको प्रि-रजिष्ट्रेशन तथा दर्ता समेतका कार्य भई रहेको छ ।

नयाँ दर्ताका लागि: फोटो सहितको नयाँ मतदाता परिचय पत्रको प्रि-रजिष्ट्रेशनको लागि सक्कलै नागरिकता, विवाह दर्ता र बसाइसराईको प्रमाणपत्र (विवाह र बसाईसराईको हकमा) लिई व्यक्ति स्वयम उपस्थित हुनु पर्दछ । किनकी मतदाताको फोटो हस्ताक्षर, दुई औलाको छाप र यकिन विवरण अनलाइनमा रजिष्ट्रेशन गर्नु पर्ने हुन्छ । मतदाताको आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरमा चार वटा ओटीपि कोड नं. आउने र सो ओटीपि कोड नं. राखेपश्चाइत अनलाइनमा व्यक्तिगत विवरण फाराम भर्न सकिने हुन्छ ।

अद्याविधक तथा ठाउँ सारी गर्नका लागि (मतदाता नामावलीमा रहेको त्रुटी सच्चाउन र नामावली सार्नको लागि) पुरानो परिचयपत्रमा भएको त्रुटी सच्याउन के सच्याउनु पर्ने हो सो खुलेको निवेदन र नागरिकताको प्रतिलिपी तथा अन्य आवश्यक प्रमाण आवश्यक पर्दछ भने, ठाउँ सारी गर्न लागि बसाइसराई तथा विवाह दर्ता प्रमाणपत्रको सक्कल र नागरिकता आवश्यक पर्दछ ।

व्यक्ति आफैले मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अध्यावधिक (Online Pre-Enrollment) गर्न सकिने व्यव्यस्था

मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अद्यावधिक (Online Pre-Enrollment) को लागि https://applyvr.election.gov.np/ मा गई आफ्नो मोबाइल नम्बर इन्ट्री गरी ओटीपि कोड नं. राखी आँफैले अनलाइन फाराम भरी नयाँ दर्ता भए, नयाँ दर्तामा गई फाराम भरीसकेपछि प्रिन्ट गरेर आवश्यक कागजात लिई जिल्ला निर्वाचन कार्यालयमा व्यक्ति स्वयम उपस्थित भई आफ्नो फोटो खिचाउने, हस्ताक्षर गर्ने र औंठाछाप दिनुपर्ने हुन्छ । भने त्रुटी सच्याउनको लागि अनलाइनमा आँफैले अद्यावधिक र ठाउँ सारीमा गई आफ्नो मोबाइल नम्बर राखि मोबाइलमा आएको चार वटा ओटीपि कोड राखी नं. राखेर अघि बढ्ने र नोट: आफ्नो मतदाता नं. र नागरिकता नं. वा जन्म मिति मध्ये कुनै एक विवरण राखी खोज्नुहोस् जाने र अनुसूची-7 खण्ड (क) मतदाता नामावलीमा त्रुटी सच्याउनु पर्ने विवरण छानी सच्याएमा सो फाराम भरे पश्चात फाराम प्रिन्ट गरेर जिल्ला निर्वाचन कार्यालयमा सक्कल कागजात सहित व्यक्ति आँफै आउनु पर्ने हुन्छ । भने ठाँउ सारी गर्नका लागि पनि अद्यावधिक र ठाउँ सारीमा गई आफ्नो मोबाइल नम्बर राखि मोबाइलमा आएको चार वटा ओटीपि कोड नं. राखेर अघि बढ्ने र आफ्नो मतदाता नं. र नागरिकता नं. वा जन्म मिति मध्ये कुनै एक विवरण राखी खोज्नुहोस् जाने र अनुसूची-8 खण्ड (क) मतदाता नामावली सार्ने सम्बन्धी विवरण ठाउँ सारी छानी अघि बढ्ने र विवाहको हकमा विवाह दर्ता प्रमाण पत्र, नागरिकता तथा पतिको नागरिकता र बसाइसराइईको हकमा बसाइसराइको प्रमाणपत्र फाराम मा अपलोड गरी अनलाईन फाराम भरी सो विवरण प्रिन्ट गरेर व्यक्ति स्वयम सक्कल कागजात लिई कार्यालयमा उपस्थित हुनुपर्ने हुन्छ ।

जिल्ला निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त नागरिकता त्याग गरेको निस्सा र स्थानीय तहका पञ्जिकाधिकारीले प्रमाणित गरेको मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाइने गरिन्छ ।

सिन्धुलीका स्थानीय तहहरुले जिल्ला निर्वाचन कार्यालयले पटक-पटक पत्राचार र ताकेता गरे पनि मृत्यू भएका विवरण यकिन ढाँचामा नपठाउँने गरेका कारण धेरै मृत्यु भएका नागरिकहरुको नाम मतदाता नामावलीबाट हटाउन नसकिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सूचना अधिकारी बताउँछन् ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुली कमलामाई नगरपालिकाको वडा नम्बर ६ शिवनगरमा रहेको छ । शिवनगर भनेर ट्राफिक चोक देखी बुद्द चोक बीचको माझिटार ब्यारेक अगाडिको ठाउँ हो । यहाँ जिल्ला खेलकुद समिति कवर्ड हल, सिचाइ डिभिजन कार्यालय, सुनकोशी मरिण डाईभर्सन, चुरे उत्थानशिल आयोजना, शिक्षा विकास तथा समन्वय इकाइ समेतका सरकारी अड्डा रहेका छन् । सेवाग्राहीहरु लोकेशनमा अलमल पर्नुभएको पाइएकोले जिल्ला निर्वाचन कार्यालयले बिपि हाइवेमै कार्यालय जाने बाटोमा दिशा दुरी जनाउने कार्यालयको फोन नम्बर ०४७-५२०३२२ उल्लेख भएको बोर्ड समेत राखेको छ ।

सेवाग्राहीका लागि ऐना, काँगियो, टोपी, टाइ समेतको व्यवस्था गरिएको छ । साथै पालोमा बस्ने सेवाग्राहीका लागि तातो चिसो पानी सुपरफास्ट इन्टरनेट सेवा, सफा शौचालय आरामदायी बस्ने व्यवस्था समेत गरिएको छ । सबै सेवा निशुल्क र ५ देखि १५ मिनेट भित्रमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको आफ्नो आधिकारीक फेसबुक अकाउन्ट रहेको छ । कार्यालयको इमेल रहेको छ । सूचना अधिकारीको मोबाइल नम्बर ९८५४०३४०४२ मा सम्पर्क र एसएमएस गर्न सक्नुहुनेछ भने जिल्ला निर्वाचन अधिकारीको मोबाइल ९८५४०४१८४१ नम्बरमा भाइबर वाटसएप मेसेन्जर मार्फत सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०।०८१ को बजेटमा निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने भनेकोमा ब्यापक विरोध भएपछि बजेट संशोधन गरी जिल्ला निर्वाचन कार्यालय खारेज नहुने र यथावतै स्वायत्त कार्यालयका रुपमा रहने व्यवस्था गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया