बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा सरकारी कागजात किर्ते गरि ठगि गर्ने बढ्दै

सोमवार , आषाढ १८, २०८०

सिन्धुली – सिन्धुलीको तिनपाट गाउँपालिकास्थित वडा नम्बर ५ लंगुरखोलाका प्रेम बहादुर पाख्रिनको घर भुकम्पले क्षती ग्रस्त बनाएको थियो । भुकम्पमा परी घर क्षतीग्रस्त भएको केहि महिनापछि नेपाल सरकारको आवास पुर्णनिर्माण कार्यक्रम अन्तर्गत पाख्रिन सहित अन्य स्थानियले घर बनाउने कार्य सम्पन्न गरिसकेका थिए । घर सम्पन्न भइसकेको हुँदा उनीहरुले घर सम्पन्न भएको प्रमाणपत्र नपाउने कुरै भएन । तर, उनीहरु प्रमाणपत्र पाउने बहानामा ठगको पञ्जामा पुगे ।

यतिकैमा, सप्तरीको अग्नीसायर कृष्णसर्वण गाउँपालिकाको २९ वर्षिया इन्जिनिर रामनारायण चौधरी भुकम्पपिडितको घर आइपुगे । उनले आफू नेपाल सरकारको आवास पुर्णनिर्माण कार्यक्रम अन्तर्गतका सब ईन्जिनियर भएको र घर बनाउने कार्य सम्पन्न भएकोले प्रमाणपत्र दिन आएको बताए । उनले विभिन्न किसिमको आश्वासन देखाई पािख्रन सहित अन्य स्थानियसँग जनही पाँच सय रुपैँयाको दरले रकम उठाई नक्कली प्रमाण पत्र दिए ।

त्यसैगरि, अर्को एक घट्नामा बलुेट बाईक खरिदकर्ता ठगको सिकार बन्न पुगे । २०७८ जेठ १२ गते जिल्लाको कमलामाई नगरपालिका वडा नं.०६ का २४ वर्षिया धन बहादुर कामी ठगिन पुगे । कामीले सर्लाहीको वृन्दावन नगरपालिकाको २४ वर्षिया अरबेन्द्र कुमार राय र महम्मद गफार अंसारीसँग प्रदेश नं.२–०३–११ प.६०११ नं. को बुलेट मोटरसाइकल किने । उनीहरुले आफूसँग बुलेट बाईक रहेको र तीनलाखमा बिक्रि गर्ने बताए । बुलेट बाईक बिक्री गर्ने राय र अंसारीले थामीबाट तीन लाख फुत्काउन भ्याए । उनीहरुले एक महिनाभित्रै थामीको नाममा बाईक नामसारिको प्रमाणसहित ब्लुबुकपनि थमाइदिए । बाईक विक्रेताको हर्कत र हाउभाउले गर्दा थामीलाई शंका लाग्न थाल्यो । यातायात कार्यालय विरगंजमा बुझ्दा उक्त मोटरसाइकल आफ्नो नाममै नरहेको थामीले जानकारी पाए ।

थामी र पाख्रिन जस्तै सिन्धुलीमा पहिल्लो तीन आर्थिक वर्षमा छजना सरकारी कागजात किर्ते गर्ने ठगबाट ठगिएका छन् । सिन्धुलीमा पछिल्लो समय सरकारी कागजात किर्ते गरि ठगि गर्ने घट्नामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार जिल्लामा सरकारी कागजात किर्ते गरि ठगि गर्नेको संख्या बढ्दै गएको हो ।

पहिछल्लो तीन आर्थिक वर्षमा सरकारी कागजात किर्ते गरि ठगि गरेको छ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ । छ वटै मुद्धा फर्छौट भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक चिरजिवि दाहाले बताउनुभयो । उहाँको अनुसार आ.व. २०७७/०७८ मा एउटा र गत आ.व. २०७८/०७९ मा पाँचवटा मुद्धमा आठजना पक्राउ परेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

एक वर्षमा २८० अपराधिक घटना

यसैगरी, सिन्धुलीमा एक वर्षको अवधिमा २८० वटा अपराधिक घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय सिनधुलीको आर्र्थिक वर्ष ०७९/०८० को तथ्यांक अनुसार जिल्लामा २८० वटा अपराधिक घटनाको मुद्धा दर्ता भएका छन् । सबैभन्दा बढी भवितब्य ज्यानको मुद्धा दर्ता भएका छन् । एक वर्षमा ६२ वटा भवितब्य ज्यानको मुद्धा दर्ता भएका छन् ।

यस्तै, मोटसाइकल चोरीका २६, अभद्र व्यवहार ५२, जबरजस्तीकरणी ४६, कुटपिट अंगभंग २, सवारीबाट अंगभंग ३५, फुटकर ज्यान १४, जवरजस्तीकरणी उद्योग १८, कर्तव्य ज्यान ८, ज्यान मार्ने उद्योग ११, आगो लगाइएको १, लागु औषध ४९, कारागारबाट भागेको आवश्यक बस्तु तोडफोड १, खून डाका १, ठगी १, मादकपदाथ सेवन तथा ओसारपोसार १, बहुविवाह १५, हातहतियार तथा खरखजना ८, जुवा सम्बन्धी २, बैकिंङ कसुर १, बालविवाह १ बाल यौनदुव्यवहार १, अपमानजनक अमानविय व्यवहार ४ र बोक्सी आरोपको एउटा मुद्धा दर्ता भएको छ ।

 

प्रतिक्रिया