बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

कमलामाई नगरपालिकाका कृषहरुलाई कृषियन्त्र वितरण

आइतवार , आषाढ १७, २०८०

सिन्धुली –जिल्लाको कमलामाई नगरपालिकाका कृषहरुलाई कृषियन्त्र वितरण गरिएको छ । कृषकलाई ब्यवसायीक बनाउन तथा प्रविधि संग जोड्ने उदेश्यले ५० प्रतिशत अनुदानमा मिनीटिलर र पावर टिलर वितरण गरिएको हो । कमलामाई नगरपालिकाको १९ लाख ९२ हजार र कृषकको १९ लाख ९२ हजार लागतमा नगरपालिकाका १४ वटै वडाका ६८ जना कृषकहरुलाई सामाग्री वितरण गरिएको छ ।

कृषि सामाग्री बितरण कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले अब कृषि पेशा निर्बाह मुखी हैन ब्याबसायिक भएर आय आर्जन र उत्पादनमा वृद्धि गर्न कृषहरुलाई आग्रह गर्नुभएको छ । प्रबिधि संग संगै प्राबिधिक सहयोग लगायत बढी उत्पादन गर्ने कृषकलाइ अनुदान र सहयोग पनि स्थानीय सरकारले दिनेछ उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

कमलामाई नगरपालिकाको आर्थिक समितिको सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्का को अध्यक्षता र नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उप प्रमुख मन्जु देवकोटा लगायत कृषक तथा नगरपालिकाका बिभिन्न शाखाका कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया