बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा १५ वटा बलात्कारका घटना

शुक्रवार , आषाढ १५, २०८०

सिन्धुली, – सिन्धुलीमा १५ वटा बलात्कारका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘मानव अधिकार वर्ष पुस्तक–२०२४’ वार्षिक पूर्वसमीक्षा कार्यक्रम सार्वजनिक गरिएको तथ्यांकमा यस्तो देखिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि नविन बाबु अधिकारीले २०७९ पुस देखि ०८० जेठ सम्म करिव ६ महिनामा संकलन गरिएका ५३ ओटा मानव अधिकार सँग सम्बन्धित घटनाका तथ्यांक प्रस्तुत गर्नुभएको थियो । इन्सेकको तथ्यांक अनुसार सिन्धुलीमा हाल सम्म १५ वटा बलात्कारका घटना घटेका छन् ।

जसमा सबैभन्दा धेरै १३ बालिका बलात्कृत भएका छन् । जिल्लामा बालयौन दुव्र्यवहार १ बहुविवाह २ बालविवाह १ शारीरिक हिंसा १३ मानशिक हिंसा २० गरि हालसम्म ५३ वटा मानव अधिकार उलंघनका घटना घटेका छन् ।

सन् २०२२ मा जिल्लामा १९ बालिका बलात्कृत भएका थिए । बलात्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएका थिए । सन् २०२१ मा जिल्लामा बलाात्कारका जम्मा २६ वटा मात्र घटना घटेका थिए । बलात्कारका अधिकांश घटना पीडितका नजिकका आफन्त र नातेदार संलग्न रहेको पाइएको छ ।

इन्सेकले संकलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गरेमा मानव अधिकार उल्लंघनका घटना कम हुँदै जाने बताउँनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले पछिल्लो समय जिल्लामा हिंसामा परेका पीडितहरू उजुरी गर्न आउने क्रम बढेका कारण मानव अधिकार उलंघनका घटनामा वृद्धि भएको बताउनुभयो । उहाँले यस्ता घटनामा प्रहरीले गर्ने अनुसन्धानमा कुनै कमजोरी नहुने बताउनुभयो ।

प्रतिक्रिया