बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा मोटरसाइकल ठोक्किदा दुईजना गम्भिर घाईते

बुधवार , आषाढ १३, २०८०

सिन्धुली– बुधबार सिन्धुलीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजना गम्भिर घाइते भएका छन् । जिल्लाको दुधौली नगरपालिका ५ कुलुवा स्थित मदन भण्डारी सडक खण्डमा डकाहाबाट दुधौली तर्फ जादैँ गरेको स १० प २७१४ नम्बरको मोटरसाइकलर र विपरित दिशा दुधौलीबाट डकाहा आउदैँ गरेको प्र. १–०५–००१ प ४८६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकी दुर्घटना भएको हो ।

दुर्घटनामा स १० प २७२४ नम्बरको मोटरसाइकल चालक दुधौली नगरपालिका ५ का ३० वर्षिय चालक अनिर गुरुङको टाउको र छातिमा चोट लागि गम्भिर घाइते भएका छन् । त्यस्तै, प्र. १–०५–००१ प ४८६५ नम्बरको मोटरसाइकल चालकको भने पहिचान खुलेको छैन । उनको टाउको, अनुहार र दाया हात, खुट्टामा चोट लागि गम्भिर घाइते भएका छन् । दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको छ ।

प्रतिक्रिया