बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको अन्तर्राष्ट्रिय कम्पनिमा माग बढ्दो

बुधवार , आषाढ १३, २०८०

सिन्धुली– कुनै समय थियो जब एसएलसि दिएपछि सिन्धुलीमा अध्ययन गरेका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौँ लगायत अन्य जिल्लामा भौँतारिन्थे । अहिले परिस्थीति बदलिएको छ । सिन्धुलीमै एक सय एक कलेजहरु स्थापना भएको छ जहाँ अन्य जिल्लाबाट समेत विद्यार्थी पढ्न आउने गर्दछन् । जिल्लाको उत्कृष्ठ कलेजको सूचिमा कमलामाई नगरपालिका ६ को सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट पनि पर्दछ । अन्तर्राष्ट्रिय बजारमा सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुको माग बढ्दो छ । बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनिमा यहाँ अध्ययन गरेका विद्यार्थी अब्बल देखिएका छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिका ६ का विनोद पुर्वछाने मासिक एक लाख २५ हजार कमाउदैँ हुनुहुन्छ । सन् २०२१ मा सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टबाट होटल म्यानेजमेन्टमा एड्भान्स डिप्लो उत्तिर्ण गर्नुभएको पुर्वछाने विश्वकै प्रतिष्ठित एयरलाइन्स कम्पनिमा कार्यरत हुनुहुन्छ । एड्भान्स डिप्लो उतिर्ण गरेको केहि महिनामै पुर्वछानेले कतार एयरवेजमा रोजगारी पाउनु भयो । ‘एसएलसिपछि सिन्धुलीमै २१ महिनाको कोर्स लिएर पढेँ । एड्भान्स डिप्लो पास गरेको केहि महिनामा कतार एयरवेजमा कर्मचारी आवश्यकताको सूचना देखे ।’, उहाँ भन्नुहुन्छ, ‘सिन्धुलीको पढाईले एयरवेजको परिक्षामा सहज बनायो । जागिर पाए ।’

जिल्लाको गोलन्जोर गाउँपालिका २, खनियाखर्ककि मनिषा श्रेष्ठको मासिक तलब ७० हजार रुपैँया बढि छ । उहाँ कुवेतको पाँच तारे होटल ग्रान्ड ह्यातमा कार्यरत हुनुहुन्छ । सिन्धुलीमै होटल म्यानेजमेन्ट पढ्नुभएको उहाँले भन्नुभयो, ‘सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टबाट प्राप्त व्यवहारिक शिक्षाकै कारण विश्वकै प्रतिष्ठित होटलमा काम गर्न पाए ।’

धनुषाबाट सिन्धुलीमा होटल म्यानेजमन्ट पढ्न आउनुभएका मिथिला नगरपालिका ६ का रोहित गुप्ता मेफेयर सिल्गुरीमा काम गर्न पाउँदा सन्तुष्ट हुनुहुन्छ । उहाँको मासिक तलब ४० हजार रुपैँया बढि रहेको छ । उहाँले भन्नुभयो, ‘उच्च शिक्षाकालागि काठमाडौँनै धाउने ट्रन्डनै थियो । सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले संचालन गरेको अभिमुखिकरण कार्यक्रममा सहभागी भएपछि यतै पढ्ने योजना बनाए । कोर्स पुरा गरेको केहि महिनामै पाँच तारे होटलमा काम पाउँदा खुशी छु ।’

मनिषा, विनोद र रोहितजस्तै सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा अध्ययन गरेका दर्जनौँ विद्यार्थी विश्वकै प्रतिष्ठित कम्पनिमा कार्यरत छन् । सिन्धुलीमै पहिलो पटक होटल म्यानेजमेन्टको पढाई शुरु गरेको उक्त कलेजमा अध्ययन सम्पन्न गरेका विद्यार्थीले पाँच तारे मेरियट होटल, द सोल्टि, ह्यात रेजेन्सि, मेफेयर टि रिसोर्ट लगायत दर्जनौँ होटलमा उत्कृष्ठ कर्मचारीको पदक हासिल गरेको उक्त कलेजका प्रबन्ध निर्देशक समिर ढकालले बताउनुभयो । प्रबन्धक निर्देशक ढकालका अनुसार यहाँ अध्ययन गरेका विद्यार्थी सेराटन दुबई, एट्लान्टिक द पाल्म, सेराटन कुवेत, रामाडा इन्कोर कुवेत, वन एण्ड अन्ली द पाल्म दुबई, केएफसि दुबई, पिजा हट, मेरियट होटल लगायत विश्वकै प्रतिष्ठित कम्पनिमा काम गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘होटल म्यनेजमेन्ट प्राविधिक विषय हो । खाना पकाउन सिकाउने मात्र होइन, यसलाई आतिथ्य सत्कार शिक्षापनि भनिन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ ।’ होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहनेलाई आफ्नो कलेजमा विभिन्न छात्रवृत्तिको कार्यक्रम रहेको समेत ढकालले बताउनुभयो ।

डेढ करोडको लगानीमा होटल म्यानेजमेन्टको पढाई

चार वर्षअघिबाट होटल म्यानेजमेन्ट पढाउन थालेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा सुविधासम्पन्न प्रयोगात्मक ल्याब रहेको छ । झण्डै डेढ करोड लगानीमा स्थापना गरिएको उक्त कलेजमा एसिसहित मल्टिमिडिया कक्षा रहेको निर्देशक सौरव लोहनी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अहिले चारवटा सेक्सनमा ४० विद्यार्थीका दरले होटल म्यानेजमेन्ट पढाइ हुन्छ ।’ आफ्नो कलेजमा सिन्धुलीसहित सर्लाही, महोत्तरी, धुनषा, उदयपुर लगायत दर्जनौँ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेको निर्देशक लोहनिले बताउनुभयो ।

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट स्कटल्याण्ड, मलेसिया र नेपालका विभिन्न शैक्षिक संस्थाबाट सम्बन्ध प्राप्त रहेको कलेजका संयोजक तारा चौँलागाईले बताउनुभयो । कलेजमा प्रन्टअफिस, भान्सा, रेष्टुरेन्ट, हाउसकिपिङ, बार, कम्युटर ल्याब लगायत बरिस्टा ट्रेनिङकोलागि ल्याब रहेको चौँलागाईले जानकारी दिनुभयो ।

होटल म्यानेजमेन्टमा क्रेज बढ्दो

२०७८ सालको एसईई परिक्षामा सिन्धुली प्रथम गर्नुभएकि वर्षा बम्जन अहिले सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा होटल म्यानेजमेन्ट पढ्दै हुनुहुन्छ । उहाँजस्तै डेढ सय बढि विद्यार्थी होटल म्यानेजमेन्ट पढाई गर्दैछन् । सिन्धुलीमा होटल म्यानेजमेन्टप्रति विद्यार्थीको आकर्षण बढेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टका अर्का एक निर्देशक प्रशान्त ढकाल बताउनुहुन्छ । तुरुन्त रोजगार पाइने क्षेत्र भएकोले होटल म्यानेजमेन्टप्रति विद्यार्थीको आकर्षण बढेको ढकालले बताउनुभयो । ‘अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई परेर सिकेका कामदार छन् । काम गर्दागर्दै सिकेका यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्छन् । नेपालमै पनि नयाँनयाँ पर्यटकीय स्थलको विकास, ठूल्ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ । राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने युवापुस्ताको संख्या बढेको छ ।’

कमाउँदै, पढ्दै विद्यार्थी

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपालसहित भारत, कुवेत लगायत विभिन्न देशमा विद्यार्थीकालागि इन्र्टनसिप गर्न पठाउने गरेको प्रयोगात्मक संयोजक विश्वनाथ थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘इन्टर्नसिप गर्न हामीले नेपालकै प्रतिष्ठित होटल देखि विदेशसमा समेत पठाउछाँै । विदेशमा गएर इन्टर्न गर्नका लागि प्रोसेसिङ चार्ज आफैंले तिर्नुपर्छ । व्यवस्थापन भने क्याम्पसले गर्छ । तर, विदेश पुगेर होटलमा इन्टर्न सुरु गरेपछि कम्तिमा २५ देखि ३० हजार मासिक होटलले दिन्छ । खान बस्न र यातायातको सुविधा पनि होटलले नै व्यहोर्छ ।’

प्रतिक्रिया