बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

कमलामाईका लाभग्राहीको भत्ता अब सोझै बैंक खातामा

मंगलवार , आषाढ १२, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अब सोझै लाभग्राहीको बैंक खातामा पठाउने भएको छ । कमलामाई नगरले इलेक्ट्रोनिक फन्ड्स ट्रान्सफर (ईएफटि) मार्फत लाभ्राहीको खातामा सोझै भत्ता जम्मा गरिदिने मेयर उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमासिबाट पहिलो पटक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा सोझै जम्मा गरिने मेयर पोखरेलले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले सामाजिक सुरक्षा भत्ता अब सोझै लाभग्राहीको बैंक खातामा पठाउने घोषणा गरेको थियो । ‘व्यक्तिगत घटना दर्तालाई वडास्तरबाट विद्युतीय प्रणालीमार्फत पञ्जीकरण हुने व्यवस्था मिलाइएको छ,” प्रमुख प्रसाकिय अधिकृत सूर्य प्रसाद दाहालले भन्नुभयो, “सामाजिक सुरक्षा सूचना प्रणालीलाई विद्युतीय सरकारी लेखा प्रणाली र एकल खाता कोष प्रणालीमा आबद्ध गरी सामाजिक सुरक्षा भत्ता सिधै लाभग्राहीको बैंक खातामा जाने व्यवस्था मिलाइएको छ ।”

प्रतिक्रिया