सिन्धुली — सुनकोशी नदीमा जिप सहित खसेर वेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यवसाायीक तालिम परिषद (सीटीइभीटी) का दुइ निर्देशक र अधिकृतलाइ गोताखोर टोलीले शनिबार भरदिन खोज्दा समेत फेला पार्न सकेको छैन् । ससस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबारसाँझबाट खोजी शुरु गरेको हो । भक्तपुरबाट खोटाङतर्फ जा“दै गरेको सीटीइभीटीको बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्यान्ह मध्ये पहाडी लो्कमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना भइ सुनकोसी नदीमा खसेर वेपत्ता भएको छ ।
खोजीमा संलग्न स्थानीय सुदिप कार्कीका अनुसार बिहानदेखि साँझसम्म दुर्घटना स्थलको सयमीटर पेरिफेरीमा रेकी गरेर गोताखोर टोलीले वेपत्ता जिप र त्यसमा रहेका सीटीइभीटीका अधिकारीहरुलाइ खोजेको थियो । मध्यान्हतिर सुनकोशी नदी भित्र फलामको हुक अड्कीएपछि भेटिने आशा बढेको थियो, उहाँले भन्नुभयो, “दुई घण्टा लगाएर हुक तानियो । तर हुक नै सिधा भएर आयो । केही भेटिएन् ।”
सुनकोशी नदीको पानीलाइ अर्कोतर्फबाट कटाएर बहाव घटाउने प्रयास भैरहेको खोजीमै संलग्न अर्का स्थानीय गौरव कार्कीले बताउनुभयो । तीनवटा स्काभेटर मेशिन लगाएर कोशीको वहाव अर्कोतर्फबाट कटाउने प्रयास भैरहेको छ, उहाँले भन्नुभयो, “दुर्घटना स्थल तर्फको भँगालोमा पानी कम गर्न सकियो भने खोजीकार्य गर्न सजिलो हुन्छ । पाँचसय मिटर क्षेत्र वरपर खोजी गर्ने लक्ष रहेको छ ।”
वेपत्ता हुनेमा प्रशासन शाखाका निर्देशक तनहु भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगती नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुत्र्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् । चालक दाङ घर भएका कृष्ण चौधरी पौडिएर निस्किएका थिए् । इलाका प्रहरी कार्यालयमा रहेका घाइते चालक चौधरीले सडक भर्खर कालोपत्रे गरेर चिप्स हालेको र त्यसमै चिप्लिएर दुर्घटना भएको बताए ।
वेपत्ता अधिकारीहरु तथा जिप खोज्न गोताखोर, प्रहरी, स्थानीय, सेना तथा सहयोगीहरु शनिबार विहानैदेखि खोजीकार्यमा जुटेका हुन् । गोताखोर केशव महतका अनुसार सुनकोशी नदीको पानीमा अत्यधिक करेण्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरि ५० केजी वजन जीउमा बाँधेर खोजी कार्य शुरु भएपनि धमिलो पानी भएकाले भित्र नदेखिदा समस्या भएको छ । गहिराइमा पुग्दा समेत केही देखिदैन्, उहाँले भन्नुभयो, “पानी कंचन भइदिएको भए यति ठुलो समस्या हुने थिएन् ।” ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक सविता केसीका अनुसार गोताखोर टोलीलाई स्थानीय र सुरक्षाकर्मीहरुले खोजी कार्यमा सघाएका छन् । दुर्घटना भएको स्थानमा सुनकोशी नदी धेरै गहिरो भएकोले समेत खोजीमा समस्या भएको उहाँले बताउनुभयो ।