बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मरिणका खेतियोग्य जमिनमा रोटोभेटर सररर....

शनिवार , जेठ २०, २०८०

सिन्धुली– परम्परागत हलोले जोतेर खेती गर्दै आएका सिन्धुलीको मरिण गाउँपालिकाको किसानले नयाँ प्रविधिको प्रयोग गर्ने भएका छन् । मरिण गाउँपालिकाले शुक्रबार कृषक समुहलाई आधुनिक खेत जोत्न र डल्ला फोड्न प्रयोग हुने रोटाभेटर वितरण गरेसँगै खेत जोत्नकालागि अब परम्परागत शैलिको प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

संघीय सरकारको सशर्त अनुदानको धान प्रबद्र्धन कार्यक्रम अन्तर्गत वडा नम्बर ६ को दिपज्योति कृषक समुहलाई ५० प्रतिशत अनुदानमा रोटाभेटर हस्तान्तरण गरिएको गाउँपालिकाको प्रमुख विशमर्श मुक्तान ‘प्रख्यात’ ले बताउनुभयो । १ लाख ८० हजार कुल लागत परेको उक्त मेसिनमा कृषक समुहल ९० हजार रुपैँया व्यहोरेको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले बताउनुभयो ।

गाउँपालिकाले कृषिलाई प्रविधिसँग जोडेको भन्दै स्थानिय यमबहादुर मगरले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत शैलिबाट कृषिबाट उत्पादनमा कमि आएको थियो । गाउँपालिकाले आधुनिक मेसिनहरु वितरण गरेर युवालाई कृषिमा आकर्षित गरेको छ ।’ कृषिमा आधुनिकरणको शुरुवात भएको स्थानिय कृषकहरुको भनाई छ ।

प्रतिक्रिया