बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुली मिटर ब्याजी विरुद्ध आठ उजुरी

शनिवार , जेठ २०, २०८०

सिन्धुली – सिन्धुलीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध आठ उजुरी परेको छ ।

जिल्लामा हाल सम्म आठ उजुरी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीले बताउनुभयो । सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । जस्मा सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला न्यायधीबक्ता र प्रहरी कार्यालयको प्रतिनिधी रहने ब्यवस्था रहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन दिएका छन । उजुरी उपर छानविन गरि आवश्यक कार्वाहीको प्रक्रिया सुरु गरिने सहायक प्रजिअ गीरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया