सिन्धुली– शुक्रबार सिन्धुलीस्थित सुनकोशीमा खसेको कार र बेपत्ता यात्रुको खोजिकालागि गोताखोरको टोली सिन्धुली आइपुगेको छ । काठमाडौँबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलको सातजनाको गोताखोर टोलीले बेपत्ता कार र यात्रुको खोजि कार्य गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक चिरञ्जिवि दाहालले बताउनुभयो । साँझसम्म खोजि कार्य भएपनि गाडी र यात्रु फेला नपरेको उहाँले बताउनुभयो । अध्यारोमा खोजि गर्न मुश्किल भएको हुँदा शनिबार बिहानबाट खोजिकार्यलाई निरन्तरता दिईने नयाव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्ग घुर्मी–खुर्कोट खण्ड अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित लौनकुनको सडक खण्डबाट स्कारपियो सुनकोशीमा खसेको थियो ।
भक्तपुरबाट खोटाङतर्फ जादैँ गरेको बा १ झ ७४६७ नम्बरको स्कर्पियो राजमार्गबाट डेढ सय मिटर तल सुनकोशी नदिमा खसेको नायव उपरिक्षक दाहालले बताउनुभयो । उक्त दुर्घटनामा परि तनहु भानु नगरपालिका–९ का ५७ बर्षिय नेपाल सरकारकार सह–सचिब कृष्ण बहादुर केसी, नबलपरासी प्रगति नगरपालिका–७ का ५६ बर्षिय यम प्रसाद भुर्तेल र इलामा फुयतया नगरपालिका–५ का ३२ बर्षिय भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उक्त गाडिमा सवार सबै जना सिटिभिटिका कर्मचारी हुन । गाडीका चालक भने सकुशल रहेका छन् । गाडिका चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षिय कृष्ण चौधरी भने पौडीएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
बेपत्ता कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।
उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको दाहालले जानकारी दिनुभयो ।