मध्यपहाडी लोकमार्ग घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्कर्पियो दुर्घटना भएको छ । शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जादैँ गरेको बा १ झ ७४६७ नम्बरको कार गोलन्जोर गाउँपालिका ७ नम्बर वडास्थित लौकुनबाट डेढ सय मिटर तल सुनकोशीमा खसेको उक्त गाडीका चालकले बताएका छन् । सिटिभिटिका कर्मचारी सवार गाडीका चालक भने सकुशल रहेका छन् । चालक पौडीएर बाँच्न सफल भएका छन् भने गाडी सुनकोशीमै रहेको र तीनजना बेपत्ता रहेको ती चालकले बताए । गाडी र बेपत्ताको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।