बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

प्रविधिको सदुपयोग गर

शुक्रवार , जेठ १९, २०८०

सिन्धुलीको स्थानिय तहले प्रयोग गर्ने वेबसाइट मोबाइल मैत्रि छैनन् । जिल्लाका विभिन्न स्थानिय तहले फ्रि वाईफाईको व्यवस्था गरेपनि गुणस्तरीय – इन्टरनेटको प्रयोग गर्न स्थानियले पाएका छैनन् । यि त केहि उदाहरण मात्र हुन् । स्थानिय तहले प्रविधिको प्रयोगलाई बढाउन लाखौँ खर्च गरेपनि प्रभावकारी नभएको गुनासो छ । प्रविधिको सदुपयोग भन्दा बढि दुरुपयोग भइरहेको छ । अहिलेको युग भनेको सूचना र प्रविधिको हो । सूचना र प्रविधिमा परिवर्तन आएपनि आमुल परिवर्तन भने आउने सकेको छैन । वास्तवमा प्रविधिको युगमा प्रविधिमा नै रम्न सिन्धुलीवासिले पाएका छैनन् ।

सरकारी कार्यालयहरुमा अहिले पनि परम्परागत शैलिबाटै काम हुने गरेको छ । सरकारी कार्यालयहरु प्रविधिमैत्रि नभएको गुनासो बारम्बार आउने गरेको छ जसको प्रत्यक्ष असर सेवाग्राहीलाई पर्दछ । तसर्थ, जिल्लाका सरकारी संस्थाले प्रविधिमा लगानी बढाउदैँ प्रभावकारी कार्यक्रम संचालनमा ल्याउन जरुरी छ । त्यसैगरि, प्रविधिको सदुपयोग बढाउन जिम्मेवार निकायले गम्भिरतापुर्वक आवश्यक कदम चाल्न कञ्जुस्याईँ गर्नुहुदैँन ।

सम्बन्धित विषय:

प्रतिक्रिया