बुधवार सिन्धुलीको कमलामाई नगरफालिका २ मा ट्रयाक्टर दुर्घटना हुँदा १५ वर्षिया बालकको मृत्यु भयो । सहचालक ती बालकको मृत्यु भएपछि १८ वर्षिया चालक फरार छन् । उक्त ट्रयाक्टरको धनि जनप्रतिनिधि रहेको खुल्नमा आएको छ । बालश्रम विरुद्ध आवाज उठाउने जनप्रतिनिधिले नै बालबालिकालाई श्रममा लगाउनु दुःखद कुरा हो । सिन्धुलीमा बाल श्रमिकको संख्या ठूलो छ । यहाँबाट अन्य जिल्लामा समेत ईट्टा भट्टा, होटल लगायत जोखिमपुर्ण क्षेत्रमा बालबालिकाहरुलाई लगिएको छ । बालबालिकाको नाममा वर्षेनि सरकारी तथा गैर सरकारी संस्थाले लाखौँ रकम खर्च गरिरहेका छन् । तर, जिल्लामा बालबालिकाकोे अवस्था नाजुक छ । विशेषगरि, गरिबिका रेखामुनि रहेका परिवारको बालबालिका श्रमिक बनेका छन् ।
बालबालिका अन्त्यकालागि ठूला कुरा गर्ने भन्दापनि प्रभावकारी कामलाई व्यवहारमा उतार्न जरुरी छ । त्यसैगरि, बाल श्रमको अन्त्यकालागि विविधि पक्षलाई सुक्ष्म तरिकाले अध्ययन गर्न जरुरी छ । मुख्यतः बेरोजगारी, अशिक्षाकै कारण बालश्रमीकको संख्या बढिरहेको छ । गरिब तथा निमुखा परिवार आफ्ना कलिला सन्तानलाई काममा लगाउन बाध्य छन् । तसर्थ, जिल्लाका स्थानिय तहले बालश्रम विरुद्ध प्रभावकारी कार्यक्रम ल्याउनतर्फ विशेष जोड दिन जरुरी छ । त्यसैगरि, बुधवार भएको दुर्घटनाको गम्भिरतापुवर्क छानविन गरि कानुनी कार्वाही अघि बढाउनतर्फ सम्बन्धित निकाय तदारुकताका साथ अघि बढ्न आवश्यक छ ।