सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा बुधवार ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ स्थित बोहोरेमा ट्रयाक्टरको इन्जिनले किच्दा सोहि ठाउँका १५ वर्षिय लक्ष्मण विश्वकर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीगढीतर्फ जादैँ गरेको ज १ त ९९४१ नम्बरको ट्रायक्टरको ट्रलि र इन्जिनको बिचको भाग भाँचिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टरको चालक १८ वर्षिया मान बहादुर विक भने फरार रहेको प्रहरीले बताएको छ ।
उनको खोजी कार्य तिव्र पारिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । साथै, मृतकको शव पोष्टमार्टमाका लागि बुधबार जिल्ला अस्पताल सिन्धुली ल्याईएको छ ।