सिन्धुली– जिल्लाको दुधौली नगरपालिका–४ मा रहेको सरस्वती क्याम्पस डकाहाको अध्यक्षमा विषमलाल अधिकारी दनुवार चयन हुनुभएको छ ।
सोमबार सम्पन्न् क्याम्पसको साधारणसभाले अधिकारीलाई सर्वसम्बत रुपमा अध्यक्षमा चयन गरेको जनाइएको छ । अधिकारी नेकपा(एमाले)का केन्द्रीय सदस्य समेत हुन ।
त्यस्तै साधारणसभाले क्याम्पस सञ्चालक समितिमा मुक्तिनाथ काफ्ले, चेत प्रसाद भट्टराई, रामऔतार अधिकारी, यमकुमार कुँवर, जिनकुमारी बस्नेत, कमानसिंह आले, जानुका लुम्रेमगर, लहरवति अधिकारी र संगिता विक सदस्यमा चयन हुनुभएको छ । साथै साधारणसभाले विभिन्न् शैक्षिक प्रतिवेदनहरु समेत सर्वसम्बत पारित गरेको जनाइएको छ ।
२०६४ सालमा स्थापना गरिएको कमलाखोज क्षेत्रकै सबैभन्दा पुरानो क्याम्पसको रुपमा रहेको सरस्वती क्याम्पसमा शिक्षा शास्त्र, बाणिज्य शास्त्र र मानवीकी संकायको अध्यापन हुँदै आईरहेको छ । हाल क्याम्पसमा ४ सय ४० विद्यार्थीहरु अध्यरत रहेका छन ।