सिन्धुली – नेपाली काँग्रेस क्षेत्र नम्बर २ सिन्धुलीको क्षेत्रीय सदस्य स्वर्गीय छेसाङ र्दोजे योञ्जनको सम्झनामा क्षेत्रिय कार्य समिति र नेपाली कांग्रेसको नेतृत्वले आर्थिक सहयोग गरेको छ ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखबरका स्वर्गीय योञ्जनको स्मृतिमा निर्माण गरिएको स्तुपा (छोर्तेन) लाई ५० हजार २०५ रुपैँया सहयोग गरिएको क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति कुमार ढकालले जानकारी दिनुभयो । एक कार्यक्रमकाबिच स्वर्गिय योञ्जनको श्रीमति तुलसी माया वाईबालाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा क्षेत्रिय सभापति ढकाल, नेपाली कांग्रेसका नेता खड्ग बहादुर वाईवा, कविन्द्र घलान, हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्ष चेक बहादुर थिङ, वडा नम्बर २ का सभापति विश्व राई, इन्द्र जंग राई, गौरी शंकर राई लगायतको उपस्थिति रहेको थियो । योञ्जनको ३७ वर्षको उमेरमा जन्डिस बिग्रीएर मृत्यु भएको हो ।