सिन्धुली – प्रसुति हुन नसकि मृत्यु भएकी गंगाकुमारी गुरुङ श्रेष्ठको मुत्युको घटना छानबिन गर्न बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बनाएको छानबिन समितिले शनिबार आफ्नो प्रतिबेदन सार्वजनिक गरेको छ ।
समितिले सिन्धुली अस्पतालमा उपचारको क्रममा चिकित्सकहरुको कुनै कमजोरी नरहेको तथ्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, “ मृतक स्व. गंगा कुमारी गुरुङ श्रेष्ठ वर्ष २६ की महिला जेष्ठ ९ गतेका दिन सिन्धुली अस्पताल सिन्धुलीमा दिउसो १२ बजे आफ्ना श्रीमानसँग अघिल्लो दिन रातको ११ बजेदेखि पानी बगिरहेको अवस्थामा आउनु भएको तथ्य साथै दिवंगत विरामीको उपचार सिन्धुली अस्पतालका चिकित्सकहरू डा. जयन्ती चौधरी(मेन) डा. दिनेश मिताली (स्त्री तथा प्रसुती रोग विशेषज्ञ), डा. सजिना सिलवाला एनेस्थेसियोलोजिष्ट र अन्य स्वास्थ्यकर्मीहरु द्वारा गरिएको हो ।”
त्यस्तै विरामीको अवस्थालाई हेर्दा अचानक स्वासप्रसवासमा देखिएको समस्या र प्रथम पटक प्रयोग गरिएको औषधीहरुको विवरण बुझ्दा सम्भावित eclampsia हुन सक्ने आकलन सहि ठिक छ र प्रयोग भएको औषधी र सोको मात्रा सही रहेको बताइएको छ ।
सार्वजनिक प्रेश विज्ञप्तीमा लेखिएको छ, “ प्रथम पटक बिरामीलाई गाह्रो हुदा थप अक्सिजन दिने काम गरिएको र सो क्रममा पाठेघरको मुख खल्न गई बिरामीलाई थप गाहो हुदाँ मोनिटरमा राखी हेर्नका निम्ती लैजाने काम गरिएको, Post–op वार्डमा पुनः जाँच गर्दा सबै मुख खुलेको तर विरामीको अत्याधिक अस्भाविक चालका कारण नर्मल डेलिभरी वा भ्याकुम सम्भव नरहने कुरा समेत सही रहेको । ततः पश्चात थप व्यवस्थापनको लागि Labor वार्डमा रहदा नै बिरामीमा अक्सिजनको मात्रा थप घटन गई कृतिम श्वासप्रश्वासको योजना गरिएको निर्णय समय विरामीको प्रकृती र अवस्था सम्बत छ ।”
साथै अस्पतालका डाक्टरहरुको टोलीले कृतिम स्वास प्रस्वासका निम्ती आवश्यक पर्ने औषधीको किसिम र मात्रा उपयुक्त रहेको, उपचारमा संलग्न चिकित्सकहरु द्वारा ३ः१५ बजे संप्रेशण (Refer ) गरिएको । तथ्य सार्वजनिक गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ, “ सामान्य अवस्थामा सहनु भएको गर्भवती महिलाको करिव १ बजे देखि अवस्था आकस्मात गम्भिर हुनु, गम्भिरता दु्रत गतिमा बढनु र अन्य लक्ष्यहरु नियाल्दा सम्भवतः Amniofic Fluid Emblison नामक बिरामी भएको बुझन सकिन्छ ।” मृतक महिलाको postmortemi गर्ने चिकित्सकलाई समेत बुझ्दा माथिकै बिरामीलाई पुष्टिगर्ने किसिमको अभिव्यक्ती आएको सार्वजनिक गरिएको छ ।
समितिमा बागमती प्रदेश स्वास्थ्य मन्कालय द्वारा तोकिएको चिकित्सक डा. विदुर भण्डारी, डा. ईश्वर कुमार सिलवाल र पिडित पक्षबाट मृतकका जेठाजु सोम बहादुर श्रेष्ठ रहनुभएको थियो । समितिमा बागमती प्रदेश स्वास्थ्य मन्कालय द्वारा तोकिएको चिकित्सक डा. विदुर भण्डारी, डा. ईश्वर कुमार सिलवाल र पिडित पक्षबाट मृतकका जेठाजु सोम बहादुर श्रेष्ठ रहनुभएको थियो ।
