बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा कार दुर्घटना

आइतवार , जेठ १४, २०८०

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका-८, हर्दियामा कार दुर्घटना भएको छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा १५ च ७३३१ नम्बरको कार आइतबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा कार चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१८, मिल्स एरियाका २६ वर्षीय विष्णुभुषण साह सामान्य घाइते भएका छन् । कारमा उनका बुवा रामनेक साह पनि सवार थिए । कार अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया