बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा नमुना संसद बहस कार्यक्रम सम्पन्न

आइतवार , जेठ १४, २०८०

सिन्धुली– सिन्धुलीमा नमुना संसद बहस कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरि शुक्रबारबाट सुरु भएको कार्यक्रम शनिबार समापन भएको हो । विद्यार्थीलाई कुटनितिक क्षमताको विकास वक्तृत्वकला तथा बहसमा अगाडि बढाउन, देशको संसद कसरी चल्छ भन्नेबारे जानकारी गराउन र देशमा भइरहेको विभिन्न घटनाको बारेमा समेत जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

वेभ्स इन नौकाको आयोजनामा कार्यक्रम भएको थियो । ओप्सले काठमाडौँको विभिन्न विद्यालयमा यस्ता कार्यक्रम संचालन गरिरहेको छ । सिन्धुलीमा पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको वेभ्स इन नौकाको संस्थापक पासाङ स्याङतानले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिलाई संसद भवन जस्तै सभामुख, उपसभामुख, सासंदहरु तोकेर विभिन्न दलका सासंद बनाइ प्रयोगात्मक रुपमा वादविवाद गराइएको थियो । बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री प्रदिप कुटवालको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।

बहस कार्यक्रममा सिन्धुलीका झण्डै एकदर्जन बढि विद्यालयका ५० जना विद्यार्थीको सहभागित रहेको संस्थाका उपाध्यक्ष पृथ्वी राज बहादुर सापकोटा ‘अरुन’ ले जानकारी दिनुभयो । बहसमा सिद्धस्थली, भगवति, सिन्धुली एकेडेमि, साइनिङ मुन, सिद्धबाबा, गौमती, जनज्योति, तिनपाटन र कमला विद्यालयका विद्यार्थी सहभागि रहेको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया