बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

पुर्वतयारीमा जुट

आइतवार , जेठ १४, २०८०

गर्मी र वर्षासँगै विभिन्न प्रजातिको सर्पहरु देखिन थालेका छन् । केहि दिनअघि मात्रै सिन्धुलीको सदरमुकामस्थित मानिसहरुको भिड रहेको २ नम्बर बजारमै सर्प आउँदा स्थानिय त्रसित हुनुपरेको थियो । सचेतना नअपनाएका कारण सर्पदंशका कारण मृत्यु तथा शारीरिक अपांगता हुने गरेको छ । जिल्लाभित्र सर्पदंशको उपचार प्रभावकारी नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । पर्याप्त श्रोत साधन र सिपको अभावमा जिल्ला भित्र सर्पदशंको उपचार प्रभावकारी हुन नसकेको हो ।

त्यसैगरि, स्थानियमा सर्पदंशको प्राथमिक उपचार र लक्षणबारे सामान्य ज्ञान नहुँदा धेरैले दुःख पाउने गरेका छन् । सर्पले टोकेपछी मानिसहरु धामी झाक्रिको खोजीमा समय विताउने गर्छन् । जसले गर्दा उपचारमा विलम्ब हुदा विषालु सर्पले टोकेका व्यक्तीको अकाल मृत्यु समेत हुने गरेको छ । मुख्यतः सर्पको टोकाईबाट प्रभावित हुने व्यक्ति किसान हो । किसानपछि वालबालिका सर्पको टोकाइकामा पर्ने गरेका छन् । कृषि कार्यमा संलग्न हुँदा होस या घर बाहिर निस्कदा खुट्टा पुरा ढाक्ने बुट, हातमा पञ्जा लगाउदा सर्पको टोकाईबाट बच्न सकिन्छ । तसर्थ, सावधानि अपनाउनतर्फ सर्प प्रभावित क्षेत्रमा स्थानिय तह लगायत सरोकारवाला निकायले सचेतना कार्यक्रम संचालन गर्नतर्फ विशेष जोड दिन आवश्यक छ ।

सर्प प्रभावित क्षेत्रका स्थानिय तहले सर्पदशंको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिरहेको छ । सिन्धुलीका स्थानिय तहलेपनि उपचारमा अपनाईने विधि, अन्धविश्वासको अन्त्य लगायत सर्पदंशबाट बच्न अपनाउनुपर्ने सावधानिका बारेमा नागरिकलाई सचेत गराउन अभियाननै संचालन गर्न जरुरी छ । अतः सर्पदंशबाट मानविय क्षति हुन नदिन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया