सिन्धुली– नेपाली काँग्रेस सिन्धुली संघिय क्षेत्र नम्बर २ को बैठक शुक्रबार बसेको छ । जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गतका ३८ वटै वडाका वडा सभापतिको उपपस्थितिमा बसेको बैठक तथा अन्तरक्रिया कार्यक्रमले विभिन्न निर्णय गरेको छ । बैठकमा प्रत्यक महिना बडा, वडामा बैठक राख्ने, भ्रस्टाचार विरुद्ध खबरदारी गर्ने, क्षेत्रीय कार्य समितिको घुम्ती बैठक संचालन गर्ने लगायतका विषयमा छलफल भएको क्षेत्र नम्बर २ का सभापति कुमार ढकालले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकामा आगामी जेष्ठ २२ गते, घ्याङलेख गाउँपालिकामा जेष्ठ २४ गते, मरिण गाउँपालिकामा जेष्ठ २६, हरिहरपुगढीमा जेष्ठ २८ गते र कमलामाई नगरपालिकामा जेष्ठ ३० गते घुम्ती बैठक हुने निर्णय गरिएको ढकालले बताउनुभयो ।
क्षेत्रीय सभापति कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षेत्रीय सचिव राजिव वुर्जा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्षेत्रीय सचिव उद्धवप्रसाद दकालले गर्नुभएको थियो । कार्यक्रममा २ नम्बर क्षेत्रका चारवटै गाउँपालिकाको पार्टी सभापति तथा ३८ वटै वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।