बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

कमलामाईका कृषकलाई कृषि सामाग्री वितरण

शनिवार , जेठ १३, २०८०

सिन्धुली, – कमलामाई नगरपालिका २ का कृषकहरुलाई अदुवा खेतिको लागि बिभिन्न कृषि सामाग्री वितरण गरिएको छ । कमलामाई नगरपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम अन्र्तगत सशर्त अनुदान तर्फ बाट उक्त सामाग्री वितरण गरिएको हो ।

नगरपालिकाले वडालाई एक एक वटा उत्पादनबाट पहिचान गर्न तथा कृषकहरुको आयस्तरमा बृद्धि गराउने उदेश्ले १४ वटै वडालाई बिभिन्न बाली उत्पादन लागि पकेट क्षेत्र घोषणा गरेको छ ।

वडा नं. २ लाई पालिकाले अदुवा पकेट क्षेत्र घोषण गरेको छ । सोहि कार्यक्रम अन्र्तगत नगरपालिकाले प्रगतीशिल महिला बेसार उत्पादन कृषक समुहलाई ५० प्रतिशत लागत साझेदारीमा अदुवा खेतिको लागि अदुवाको बिउ, हाते ट्याक्टर मिल लगायातका सामाग्री वितरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले उपलब्ध गराइएको सामाग्रीले कृषकहरुको आयआजर्नमा बृद्धि हुने गरि प्रयोग गर्न आग्रह गर्नुभएको छ । नागरिकले कर तिरेकै रकम बाट सरकारले उक्त सामाग्री हरु सहयोग गरेको हुनाले अपनत्व गरि सहि रुपमा प्रयोग गर्न उहाँको सुझाव छ । नागरिकहरु सम्पन्न भए जनप्रतिनिधीले गर्व गर्ने ठाउँ रहने भएकाले नगरलाई नै चिनाउने गरि अदुवा उत्पादगरी आम्दानी गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया