सिन्धुलीको कमलामाई नगरपालिका ५ कि एक गर्भवति महिलाको मृत्यु भएपछि मंगलबार राती सिन्धुलीमाढी तनावग्रस्त बन्यो । जिल्ला अस्पताल सिन्धुलीको लापर्वाहीका कारण गर्भवति महिलाको मृत्यु भएको भन्दै आफन्त तथा स्थानियले करिब तीन घण्टा आन्दोलन गरे । केहि महिनाअघि मात्रै मरिण गाउँपालिकाकि एक सुत्केरि महिलाको जिल्ला अस्पताल सिन्धुलीमा उच्च रक्तश्रावका कारण मृत्यु भयो । त्यस्तै, कमलामाई नगरपालिकाकि एक महिलाले जिल्ला अस्पताल सिन्धुलीमा बच्चा जन्माइन् । तर, बच्चाको अवस्था गम्भिर भएपछि धुलिखेल अस्पताल रिफर गरियो । सुत्केरी गराउँदा त्रुटि भएकाले बच्चा बचाउन नसकिएको अस्पतालका डाक्टरले बताए । अस्पतालमा मान्छेको मृत्यु हुनु सामान्य हो । तर, अस्वभाविक मृत्युले स्थानियमा आक्रोश थप्नुका साथै असुरक्षित महशुश गराइरहेको छ । तसर्थ, मंगलबार भएको गर्भवति महिला मृत्यु प्रकरणको सत्यतथ्य छानविन गरि कानुनि कार्वाही अघि बढाउनतर्फ जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । विज्ञसहितको छानविन समिति गठन गरि छानविन प्रतिवेदन अनुसार कानुनि कदम चाल्नतर्फ सम्बन्धित निकायले अग्रसरता देखाउन आवश्यक छ ।
मृतकका आफन्त र स्थानियले गरेको तोडफोडमा जिल्ला अस्पताल सिन्धुलीमा रहेका भवनहरुमा क्षति पुगेको छ । भवनका सिसाहरु फुटेका छन् भने लाखौँको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले बलियो भुमिका निभाउन नसक्दा लाखौँ रुपैँयाको क्षति भएको स्थानियको आरोप छ । सुरक्षा निकायलाई जिल्ला प्रशासनले परिचालन गर्न नसक्दा अस्पतालमै तोडफोड भएपछि बिरामी त्रसित हुनुपरेको थियो । सुरक्षा व्यवस्था कायम गर्न जिल्ला प्रशासन सुस्त देखिएको भन्दा कुनै अत्युक्ति हुदैँन । किनभने, अस्पताल तनावग्रस्त भइसक्दा पनि प्रशासनले शसस्त्र प्रहरी, नेपाली सेना, जनपद लगायत सुरक्षा बल तैनाथ गर्न कुनै पहल गरेन । तनावग्रस्त क्षेत्रमा केहि जनपद प्रहरीमात्र तैनाथ रहदा आन्दोलनरत पिडित पक्ष पुर्णरुपमा हाबि भएका थिए । मंगलबारको घट्नामा जिल्लाका सुरक्षा निकायको समन्वयमा भिड नियन्त्रण गर्न जिल्ला प्रशासन चुकेको छ । तसर्थ, आगामी दिनमा यस्ता अप्रिय घट्ना भए तत्काल सुरक्षा व्यवस्था कडा पार्नतर्फ जिल्ला प्रशासन पुर्वतयारीमा रहन जरुरी छ ।
त्यसैगरि, जिल्ला अस्पतालमा दरबन्दि अनुसारको डाक्टर नभएका कारण बिरामी बाहिर जिल्ला जानुपर्ने बाध्यता छ । तर, यहाँका जनप्रतिनिधि र अस्पताल व्यवस्थापन समितिले डाक्टर ल्याउन र अस्पतालमा जनशक्तिको कमि हुन नदिन कुनैपनि भुमिका निभाउन सकिरहेका छैनन् । मानव जिवनमाथि भएको खेलबाडले जिल्लावासि आक्रोशित र त्रसित छन् । जिल्ला अस्पताल सिन्धुलीमा बाध्य भएर मात्रै उपचार गर्नुपरेको बिरामीले बताउने गरेका छन् । तसर्थ, मानव जिवनमाथि खेलबाड बन्द गरि दरबन्दि अनुसारको डाक्टर ल्याउन र अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गरि व्यवस्थापकिय पक्ष सुदृढ बनाउनतर्फ जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । अतः गर्भवति मृत्यु प्रकरणको उचित छानविन गरि आवश्यक कानुनि प्रक्रिया अघि बढाउनतर्फ सम्बन्धित निकाय अग्रसर हुनुपर्छ र आगामी दिनमा यस्ता घट्ना पुनः दोहोरिन नदिन अस्पताल प्रशासन, व्यवस्थापन समिति, जनप्रतिनिधि लगायत सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी छ ।