बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा लडेर महिलाको मृत्यु

मंगलवार , जेठ ९, २०८०

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रुखबाट झर्ने क्रममा लडेर एकजनाको मत्यु भएको छ । स्वामीको रुखबाट लडी एकजना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजेको समयमा हरिहरपुरगढी गाउँपालिकाको वडा नं. ०६ चिसापानीमा रुखबाट लडि ५० वर्षिया शान्तिमाया माझीको मृत्यु भएको हो । घरबाट अन्दाजि २०० मिटर दश्चिमतर्फ बारीमा रहेको स्वामीको रुखमा चडी स्याउला झार्ने क्रममा सोही रुखबाट लडी मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । स्थानियले राती ९ बजे प्रहरीलाई जानकारी गराए पश्चात उक्त स्थानमा प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली घट्नास्थलमा पुगेको थियो । महिलाको शव घरमा ल्याई राखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया