बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

पुर्वाधार जडानमा कञ्जुस्याँई नगर

सोमवार , जेठ ८, २०८०

विपी राजमार्गमा दैनिकजसो साना तथा ठूला सडक दुर्घटना हुने गर्दछ । साँघुरो र घुमाउरो सडक, सवारीसाधनको चाप, सडकको अवस्था, पुर्वाधारको कमि लगायत विविध मानविय कमजोरीका कारण वर्षेनि विपी राजमार्गमा सयौँले ज्यान गुमाइरहेका छन् । राजमार्गमा रहेका खाल्डाखुल्डीले असजिलो हुने गरेको चालकले गुनासो गरेका छन् । वर्षेनि राजमार्गको स्तरोन्नतिकालागि करोडौँ खर्च भएपनि खाल्डाखुल्डी भने हट्न सकेको छैन जसका कारण दुर्घटना निम्तिरहेको छ । त्यसैगरि, राजमार्ग आसपासका क्षेत्रमा रहेका होटल तथा व्यवसायीक प्रयोजनकालागि निर्माण गरिएको टहराले पनि विपी राजमार्गमा दुर्घटना बढिरहेको छ । राजमार्गमा रहेका ‘यु–टर्न’ (घुम्ति) मा कन्केभ ऐना नहुँदा सडक दुर्घटनाको संभावना बढेको व्यवसायीले बताउने गरेका छन् । व्यवसायीले ऐना जडानकालागि सिन्धुली–धुलिखेल–बर्दिबास आयोजनामा निवेदन दिँदा समेत सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गरेका छन् ।

होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीक पसलहरुमा आउने ग्राहकले अगाढीबाट आएको सवारीसाधन नदेख्दा दुर्घटना हुने गरेको व्यवसायीहरु बताउँछन् । तर, जिम्मेवार निकाय भने कन्केभ ऐना जडानमा उदासिन देखिएको छ । तसर्थ, राजमार्गमा आवश्यक पुर्वाधार जडानमा कुनैपनि कञ्जुस्याईँ नगरि संभावित दुर्घटना टार्नतर्फ जिम्मेवार निकाय सचेत हनु आवश्यक छ । त्यसैगरि, ट्राफिलक संकेत, डिभाईडर लगायत अन्य पुर्वाधार जडानमा सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ । अतः विपी राजमार्गलाई सुरक्षित बनाउन ठूला योजनाको कुरा गर्ने भन्दापनि न्युनतम पुर्वाधार जडानमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया