सिन्धुली– ट्रेड यूनियन काँग्रेस सिन्धुलीको जिल्ला अध्यक्षमा पुनः श्यामहरी अधिकारी सर्वसम्बत चयन हुनुभएको छ । शनिबार सिन्धुलीमाढीमा सम्पन्न् सातौ जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्बत सभापतिमा चयन गरेको हो ।
अधिवेशनले ट्रेड युनियन काँग्रेस सिन्धुलीको उपाध्यक्षमा नबराज कार्की ,अमितकुमार श्रेष्ठ ,खडग बहादुर नेपाली, देबेन्द्र सापकोटालाई चयन गरेको छ त्यस्तै सचिबमा जनार्दन कोइराला सहसचिब तुलसा दाहाल कोषाध्यक्ष सुरेन्द्र लामा र सहकोषाध्यक्षमा अनिसा पोखरेललाई चयन गरेको बताइएको छ ।
सदस्यहरूमा होमराज घिमिरे, विष्णु सुनुवार,शर्मिला पराजुली,शर्मिला खड्का, सुवास लामा,जितबहादुर माझी लाई चयन गरेकोे छ । जिल्ला युवा समिति अध्यक्षमा चन्द्रमान बम्जन र जिल्ला महिला समिति अध्यक्षमा मनिषा फुयाँललाई चयन गरेको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधि तर्फ सुबास कार्की र बिष्णु ढकाललाई चयन गरेको छ भने केन्द्रिय प्रतिनिधी चयन गर्न बाँकी रहेको छ ।
नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस कमजोर नभएको बताउँदै कार्यकर्ताहरुलाई अझ सक्रिय भएर कार्यक्षेत्रमा खट्न आग्रह गर्नुभयो । सभापति पोखरेलले पार्टीमा भएका कमिकमजोरीहरु सम्बन्धी ठाउँमा राख्न र सार्वजनिक ठाउँमा बसेर नेतृत्वलाई गालिगलौज नगर्न आग्रह गर्नुभयो ।