बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सरकार संचालनको चेतना बाँड

शनिवार , जेठ ६, २०८०

सिन्धुलीका स्थानिय तहमा आर्थिक अनियमितता, भ्रष्टाचार र कुशासनले जरा गाडेर बसेको स्थानियले बताउने गरेका छन् । महालेखापरीक्षकको कार्यालयले वर्षेनि सार्वजनिक गर्ने प्रतिवेदनमा जिल्लाका नौवटै स्थानिय तहमा व्यापक बेरुजु देखिने गरेको छ । जनप्रतिनिधिमा देखिएको राजा प्रवृद्धिले स्थानियमा चरम निराशा थपिदिएको छ । आफूले इच्छाएको कार्य गर्न सिन्धुलीका जनप्रतिनिधिले कानुनको धज्जी उडाएको थुप्रै दृष्टान्त छ । स्थानिय सरकार संचालनमा देखिएको बेथिति अन्त्य गर्न नागरिक शिक्षित हुन जरुरी छ । टोलदेखि वडा र नगरपालिका÷गाउँपालिकाको कार्यक्षेत्र, जनप्रतिनिधिको कर्तव्य, स्थानिय तहको आर्थिक गतिविधि लगायत स्थानिय सरकार संचालनका न्युनतम जानकारीमात्रपनि नागरिकले पाउन सके खबरदारि र निगरानि बढ्नेछ । तसर्थ, आगामी आर्थिक वर्षको बजेटले सार्वजनिक खरिद ऐन, स्थानिय सरकार संचालन ऐन लगायत सरकार संचालनप्रति नागरिकको चेतना बढाउन अभिमुखिकरण लगायत विविध कार्यक्रमलाई प्राथमिकता दिन जरुरी छ ।

स्थानिय पाठ्यक्रममा राज्य संचालनको निति तथा विधि समावेश गर्न सके विद्यार्थीले राज्यको शासन प्रणालि, निति, नियम बुझ्न सक्छन् । विद्यार्थी भविष्यका कर्णधार हुन् । विद्यार्थीसँग सरकार संचालनको पर्याप्त ज्ञान भए उनीहरुले गलत प्रवृद्धि विरुद्ध प्रश्न उठाउन सक्छन् । त्यस्तै, जिम्मेवारीमा रहेका कर्मचारी तथा जनप्रतिनिधिको कामलाई कसैले निगरानि गर्न सके सुशासनको बाटो खुल्न सक्छ भन्दा अत्युक्ति नहोला । अतः सरकार संचालनको विधि, पद्धति, प्रक्रियालाई नागरिकसम्म पु¥याउन तीनै तहको सरकारले विशेष प्राथमिकता दिन जरुरी छ ।

प्रतिक्रिया