बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा कुर्था सुरुवाल बेच्ने बाहानामा ठगि

शुक्रवार , जेठ ५, २०८०

सिन्धुली – सिन्धुलीमा प्रहरीले कुर्था सुरुवाल बेच्ने बाहानामा ठगि गर्नेलाई पक्राउ गरेको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नं ५ ऐसेलुजंगारको क्षेत्रमा कुर्था सुरुवाल बेच्दै ठगि गर्ने सर्लाही बलरा नगरपालिका वडा न.७ का २२ वर्षिय राहुल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले ३५ सय रुपैँया जम्मा गरे एक पिस कुर्था शुरुवाल पाउने र सो कुर्था सुरुवाल भित्र कुपन रहेको बताउँदै ग्राहकलाई ठगि गरेको प्रहरीले जनाएको छ । सो कुपन स्क्र्याच गर्दा नगदमा ५५ सय र जिन्सिमा आठ हजार सम्मको पंखा,ग्यास चुलो, साइकल, टि.भी. जस्ता सामानहरु पाइने प्रलोभन देखाइ ठगि गरेका थिए । कुपन स्क्र्याच गर्दा नगद तथा जिन्सि सामानहरु केही परेन भने जम्मा गरेको ३५ सय रुपैया फिर्ता हुने र त्यसको बदलामा ५ पिस कुर्था शुरुवाल समेत निःशुल्क पाउने भनी प्रलोभन देखाई कुर्था सुरुवाल बेचेको प्रहरीले बताएको छ ।

बिभिन्न ब्यक्तिहरुले उक्त कुर्था सुरुवाल किनी कुपन स्क्र्याच गर्दा पचास र एक सय रुपैँया मात्र फेला परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा परेपछि साहलाई कमलामाई नगरपालिका वडा नं ७ बुकापुलबाट नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया