बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

लागुऔषध सहित एक जना पक्राउ

बिहिवार , जेठ ४, २०८०

सिन्धुली – सिन्धुली प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । गाईघाटबाट काठमाडौं जादै गरेको सप्तरी सुरुंगा नगरपालिका वडा नं.५ बस्ने बर्ष २० को अभिनास चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

मंगलवार विहान बा ४ ख ५२६१ नं.को यात्रुबाहक बसमा सवार चौधरीले लगाएको पाईन्टको अगाडीको गोजिमा कालो प्लाष्टिकमा पोकोपारेर लागुऔषध ल्याउँदै गर्दा उनलाई कमलामाई नगरपालिका वडा नं. ६ माझिटार स्थित बि. पी. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली का प्रबक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेका चौधरीबाट चेकजाँचका क्रममा ब्राउन सुगर जस्तोे देखिने १०० मिलिग्राम लागुऔषध बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेको चौधरीलाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरि अनुसन्धान भई रहेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया