बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

श्रम स्वीकृति लागु गर्दै सिन्धुलीका स्थानीय तह

बुधवार , जेठ ३, २०८०

सिन्धुली — सरकारको वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई सिन्धुलीको स्थानीय तहले धमाधम लागु गर्दैछन् । नौ स्थानीय तह रहेको यस जिल्लामा जेठ पहिलो हप्तासम्म पाँच तहले ‘श्रम स्वीकृति’ लागू गरेका छन् ।

गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रिस्तरीयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले यही वैशाख १ गतेदेखि सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय गरिएको थियो । दुई नगर र सात गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने आफ्ना नागरिकलाई श्रम स्वीकृति लिन आएमा आवश्यक प्रक्रिया पुरा गरेर स्वीकृती दिने बताएका छन ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो । सुनकोशी गाउँपालिकाले श्रम स्वीकृती लिन चाहने नागरिकहरुलाई गाउँपालिकामा सम्पर्क गर्न सार्वजनिक अपिल समेत गरेको छ, मरिण गाउँपालिकाले पनि आवश्यक प्रक्रिया पुरा गरेर श्रम स्वीकृतिका लागी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जिले बताउनुभयो । उहाँले गाउँपालिका कार्यालयले राष्ट्रिय परिचयपत्रको लागी वडा कार्यालयहरुमै अनलाईन फर्म भर्ने ब्यवस्था गरिएको र श्रम स्वीकृती सेवा लिन हाल सम्म कोहि नआएको र आएमा दिनसकिने व्यवस्था गरिएको बताउनुभयो ।

कमलामाई नगरपालिका कार्यालयले पनि श्रम स्वीकृति तथा नबिकरणको काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहालले जानकारी दिनुभयो ।

त्यस्तै  हरिहरपुरगढी गाउँपालिका कार्यालयले पनि श्रम स्वीकृति तथा नविकरण काम सुरु गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो । गाउँपालिका कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरेर सेवा प्रवाहको काम सुरु गरेको भएपनि हालसम्म कोहिपनि सेवाग्राही नआएको समेत जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले स्थानीय तहको रोजगार सेवा केन्द्रबाट आवेदन गरी श्रम स्वीकृति लिन सकिने जनाइएको छ । सरकारी व्यवस्था अनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन वैदेशिक रोजगारमा जान चाहने नगरका नागरिकले स्वीकृति लिन सक्नेछन् । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्करूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन आवेदन दिने व्यवस्था गरको छ ।

अनलाइन आवेदन गरी श्रमिकले श्रम  स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भए पनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनाधिकृत व्यक्ति वा सेवाप्रदायक संस्थामार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सोवापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न बहाना बनाई श्रमिकलाई दुःख हैरानी दिने कार्य हुँदै आएको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा सात सय ५३ स्थानीय तहमा रहेका

प्रतिक्रिया