बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

स्थापना दिबसको अवसरमा रक्तदान

मंगलवार , जेठ २, २०८०

सिन्धुली – राष्ट्रिय युवा संघको ३४ औं तथा अनेरास्ववियुको ५८ औं स्थापनाको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को स्थापना दिवको अवसरमा सिन्धुलीमाढीमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको अनेरास्वयुका जिल्ला अध्यक्ष प्रसान्त लुंगेलीमगरले जानकारी दिनुभयो ।

अनेरास्ववियु कमलामाई नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटीले संयुक्त रुपमा आयोजनामा गरिएको रक्तदान कार्यक्रमा नेपाल रेडक्रश सोसाइटी सिन्धुली शाखाले प्राविधिक सहयोग गरेको थियो ।

रक्तदान कार्यक्रममा सहभागीहरुलाई नेकपा(एमाले) प्रदेश कमिटी सदस्य तथा पुर्व मन्त्री प्रदिप कुमार कट्वाल र जिल्ला अध्यक्ष कुमार बहादुर कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै स्थापना दिवसकै अवसरमा सोमबार साझ अनेरास्वयु र राष्ट्रिय युवा संघ नेपाल जिल्ला समितिले लोकतान्त्रिक चौकमा दिप प्रजवल समेत गरेको छ ।

पंञ्चायती व्यवस्थालाई उखेल्न र नागरिक एवं विद्यार्थीहरुको हक, अधिकारहरुको स्थापनाका लागि देशभक्त, प्रगतिशील र जनवादी विद्यार्थी संगठनको रुपमा २०२२ साल जेष्ठ १ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना गरिएको थियो । संस्थापक संयोजक सुजन खरेल हुनुहुन्थ्यो । त्यस्तै राष्ट्रिय युवा संघको स्थापनाको स्थापना २०४७ जेठ १ गते भएको थियो ।

प्रतिक्रिया