सिन्धुली– बल्ने ढुंगाको कारोबारमा विवाद हुँदा चक्कु प्रहार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
ढुंगाको कारोबारमा विबाद हुँदा तिनपाटन गाउँपालिका–५ का ३५ बर्षिय लोकबहादुर सार्कीलाई जंगलमा एक्लै रहेको अवस्थामा लुटपाट गर्दै चक्कु प्रहार गरेको जनाईएको छ ।
चक्कु प्रहार गर्ने समुहमा संलग्न तिनपाटन गाउँपालिका–५ का बिशाल भन्ने जिबन श्रेष्ठ, छुरा हान्ने तिनपाटन–५ खड्ग बहादुुर श्रेष्ठ, तिनपाटन–३ का रोशन कामी, तिनपाटन–३ कै सुरेन्द्र बहादुर कामीलाई नियन्त्रणमा लिइएको र एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । पक्राउ पर्ने समुहबाट प्रहरीले ढुंगाजस्तो अधेरोमा चम्कने बस्तु समेत नियन्त्रणमा लिएको छ ।
चक्कु प्रहार गर्ने समुहलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घरेलु मदिरा बनाउन प्रयोग हुने मोर्चा नियन्त्रणमा लिई नष्ट गरेको छ । सोमबार सवारी चेकजाँचको क्रममा सर्लाहीबाट रामेछाप तर्फ जादै गरेको ना ६ ख ५१५३ नम्बरको बसको छतमा लुकाई छिपाई राखेको अबैद्य गरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा ६ सय पिस नियन्त्रणलमा लिई स्थानीय जनप्रतिनिधीहरुको रोहरमा नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ ।