सिन्धुली– पछिल्लो समय सिन्धुलीमा चोरीको घटनामा बृद्धि हुँदै गएको छ । शुक्रबार राति कमलामाई नगरपालिका–५ मधुटारबाट पार्किङ गरि राखेको मोटरसाईकल चोरी भएको छ भने आईतबार राती कमलामाई–५ मा रहेको कालिमाई मन्दिरको दानपेटीको चोरी भएको छ ।
चोरी तथा अपराधका घटना नियन्त्रण गर्न कमलामाई नगरपालिकाको सहयोगमा बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको भएपनि सिसी क्यामेरा अपराध नियन्त्रणमा सिसी क्यामेरा प्रभावकारी बन्न् सकेको छैन । विद्युतीय समस्याका कारण सिसी क्यामेरा बिग्रने र उक्त क्यामेराको समयमै मर्मत नहुँदा चोरीका घटना पत्ता लगाउन प्रहरीलाई समेत समस्या हुने गरेको छ । विद्युत लाईन आउने जाने समस्याका कारण पनि चोरी गर्ने गिरोहले त्यहि समयमा मौका छोप्ने गरेका छन ।
चोरीका घटना बृद्धि हुँदै जादा राजमार्ग क्षेत्रमा मात्र नभएर भित्रि बस्तीमा पनि प्रहरी गस्ती बढाउन जरुरी रहेको कमलामाई–५ का रुमबहादुर राईले बताउनुभयो । चोरी गर्ने गिरोहले सदरमुकामको सिसी क्यामेरा नभएको क्षेत्रलाई लक्षित गरेर चोरी गर्ने गरेका घटनाहरु बारम्बार आउने गरेका छन ।