बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बजेटको पुर्वतयारी गर

मंगलवार , जेठ २, २०८०

चालु आर्थिक वर्ष सकिन अब दुई महिनापनि बाँकी छैन । चालु आर्थिक वर्षमा सिन्धुलीका स्थानिय तहले अपेक्षाकृत राजश्व संकलन गर्न नसकेको तथ्यांकले देखाएको छ । त्यस्तै, पुँजिगत खर्चतर्फ स्थानिय तहले लक्ष्य अनुसारको खर्च गर्न सकेका छैनन् । स्थानिय तहले बजेट फ्रिज हुन नदिनकालागि तिव्र गतिमा विविध कार्यक्रमहरु संचालन गरिरहेका छन् । योजनाबिनै संचालित त्यस्ता कार्यक्रम प्रभावकारी हुने देखिदैँन । चालु आर्थिक वर्ष निर्माणमा सिन्धुलीका स्थानिय तह कमजोर देखिएका छन् । मुख्यतः बजेट निर्माणमा कर्मचारीको उच्च हाबि हुने गर्दछ । कर्मचारीले चलखेल गर्न मिल्ने गरि विविध शिर्षकमा उच्च बजेट छुटाईन्छ । आफूले इच्छाएको योजनाहरु बजेटमा समावेश भएपछि जनप्रतिनिधिले पनि कर्मचारीसँगै मिलेर बजेट निर्माणमा स्वार्थ लाद्ने गर्दछन् । तसर्थ, आगामी आर्थिक वर्षको बजेट निर्माणमा सुझबुझका साथ जनप्रतिनिधिले योजना छनोट गर्न आवश्यक छ ।

बजेट निर्माणअघि राजनैतिक दलका शिर्ष नेताहरुले छलफल तिव्र बनाएका छन् । आवश्यकता अनुसार योजना छनोट गर्नेभन्दा पनि कार्यकर्ता बढाउने होडबाजीमा नेताहरु सक्रिय देखिन्छन् । तसर्थ, जिल्लाका स्थानिय तहले आवश्यकता अनुसार योजना छनोट गर्दै नागरिकमैत्रि बजेट निर्माणमा जोड दिन जरुरी छ । त्यस्तै, राजनैतिक दलका बुद्धिजिवि संघसंस्थाले जनप्रतिनिधिलाई बजेट निर्माण लगायत सुशासनका विषयमा प्रशिक्षण दिन जरुरी छ । अतः जिल्लाका स्थानिय तहको नेतृत्व सम्हालिरहेका जनप्रतिनिधि अध्ययनशिल बन्दै मजबुत बजेट बनाउनतर्फ अग्रसर हुनुपर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया