बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

निर्वाचनमार्फत ‘लिडर’ छनोट गर्दे भगवती अंग्रेजी माध्यमिक विद्यालय

शनिवार , बैशाख ३०, २०८०

सिन्धुली– भगवती अंग्रेजी माध्यमिक विद्यालयको छात्र प्रमुख तथा छात्रा प्रमुखको केही समयदेखि रिक्त रहेको पद यही वैशाख २९ गते निर्वाचन प्रक्रियाद्वारा पूरा भएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको निर्वाचन सामग्रीको सहयोग लिई निर्वाचन कार्यबाट विद्यालयको छात्र प्रमुख, छात्रा प्रमुख लगायत विभिन्न सदनका प्रमुख र उप–प्रमुख छनौट गरिएको छ । छात्र प्रमुख, छात्रा प्रमुख तथा बालक्लब अध्यक्षका लागि विद्यालय शिक्षकहरु, व्यवस्थापन पदाधिकारीहरु तथा विद्यालय कर्मचारीहरु समेतले मतदान गर्न पाउने व्यवस्था गरेकोे विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तथा सो निर्वाचनका मतदान अधिकृत संजिव श्रेष्ठले बताउनुभयो ।

कुल खसेको मत ५०४मा कक्षा १०मा अध्ययनरत सुप्रिम मोक्तानले ३२७ मत प्राप्त गरी छात्र प्रमुख हुन सफल भए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकेश कुमार यादजले १७० मत प्राप्त गरेका थिए । त्यसैगरी छात्रा प्रमुुखमा कक्षा १०मा अध्ययनरत नुना गजुरेलले २५७ मत प्राप्त गरी छात्रा प्रमुख हुन सफल भइन भने उनका निकटतम प्रतिद्वन्द्वी अनिशा मुक्तानले २३६ मत प्राप्त गरेकी थिइन् । श्रेष्ठका अनुसार पेन्सी हाउस प्रमुखमा विधि कार्की र उप–प्रमुखमा राम कुमार साह, लिलि हाउस प्रमुखमा आलोक अधिकारी र उप–प्रमुखमा कृष्ण यादव, मेरिगोल्ड हाउस प्रमुखमा सुजल जयसवाल र उप–प्रमुखमा सुशान्त पुलामी र रेडरोज हाउस प्रमुखमा सुलभ योन्जन र उप–प्रमुखमा प्रणव पञ्जियार निर्वाचित भएका छन् । सबै निर्वाचित विद्यार्थीहरुलाई उनीहरुको जिम्मेवारी तथा प्रमाण पत्र एक औपचारिक कार्यक्रममार्फत उपलब्ध गराइने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया